२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ नेपाल पत्रकार महासंघ युरोप शाखाको ४१औँ शृंखलामा महिला आवाज,कार्यक्रम निकै रोचक

नेपाल पत्रकार महासंघ युरोप शाखाको ४१औँ शृंखलामा महिला आवाज,कार्यक्रम निकै रोचक

 

नेपाल पत्रकार महासंघ युरोप शाखाले शृंखलावद्ध कार्यक्रम अन्तरगत डिसेम्बर ५ तारिख ४१औँ शृंखला भव्यताकासाथ सम्पन्न गरेको छ। शाखाले विशेष अथितिको रुपमा मिडिया एडभोकेसी ग्रुपकी कार्यकारी निर्देसक, घटना र विचारकी सम्पादक तथा वरिष्ठ महिला संचारकर्मी साथै महिला हिंसा विरुद्धकी अग्र अभियन्ता बबिता बस्नेतको साथमा विशेष बहस गरेको थियो।

“लैङगिक विभेद र हिंसामा महिलाको आवाज “ शिर्षकमा महिलाको अधिकार र महिला हिंसा विरुद्धमा महिलाहरुको बुलन्द आवाज अरु ससक्त रुपमा उठ्नु पर्नेमा विशेष जोड दिईएको थियो । अहिले पनि महिला माथि शारीरिक तथा मानसिक रुपमा हिंसा बिभिन्न ठाउँहरुमा बढ्दो क्रममा रहेको प्रसँग उल्लेख गर्दै महिलाहरु आफुमा पनि सक्षम हुनुपर्नेमा अतिथि बबिता बस्नेतले आग्रह गरेकी थिईन् ।

राज्यको विभिन्न छेत्रमा अहिले महिलाहरुको उल्लेख्य सहभागिता रहेकोमा खुशी व्यक्तगर्दै निडर भएर अगाडि बड्न आग्रह गर्दै आफ्नो प्रकाशित कृति “ सम्बन्ध हिन सम्बन्ध“ कथा संग्रहमा जिवनका भोगाईहरु र यात्रा संस्करणहरु समावेश भएको र धेरै पाठकहरुले मन पराईदिएकाले दोस्रो संस्करण प्रकासन्मुख रहेको रहेको जानकारी गराएकी थिईन्।

साहित्य र पत्रकारिताको लेखनको व्याख्यागर्दै पत्रकारितामा घटनाको बारेमा सम्बन्धित विषयबस्तुहरुमा रहेर गहन ढंगले लेखिन्छ भने साहित्यमा लेखक आँफै त्यस विषयबस्तुमा प्रवेश गरि आफ्नै फिलिङ सम्झेर लेख्नु पर्दा साहित्य लेखन केही जटिल विषय रहेको अतिथि बस्नेतले बताईन्।

कार्यक्रम शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन काबा महासचिब द्रोण रिजाल र सदस्यहरु गोमा खरेल, बाबा राजेश्वरि थापा, इन्दिरा चाम्लिङ साथै रबिचन्द्र भट्टराई, प्रेम परियार, राज कुमार थापा लगायत पत्रकारहरुको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु