२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ एन आर एन ए नेदरल्यान्ड्सको चौथौॅं साधारण सभा उद्घाटन

एन आर एन ए नेदरल्यान्ड्सको चौथौॅं साधारण सभा उद्घाटन

गैर आवासिय नेपाली संघ नेदरल्यान्ड्सको चौथोॅं भर्चुवल साधारण सभाको उद्घाटन सत्र आज डिसेम्बर ७ तारिखका दिन सम्पन्न भएको छ।

संघका अध्यक्ष श्रीराम कंडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथी गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषका अध्यक्ष कुमार पन्त रहेका थिए।

बिशेष अतिथीहरुमा क्रमस : उपाध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, केन्द्रिय सह-कोषाध्यक्ष लोक बहादुर थापा, केन्द्रिय सल्लाहकार कुल आचार्य, युवा संयोजक हिमाल गुरुङ, युरोप संयोजक नारायण आचार्य, महिला युरोप संयोजक योगिता थापा, युरोप सह संयोजकहरु मुक्त गुरुङ, कृष्ण राज तिमल्सिना, शुक्राराज न्यौपाने, आई सि सि सदस्यहरु ठाकुर प्रसाद शर्मा ( नेदरल्यान्ड्स), चिन्तामणी सापकोटा ( स्पेन) रहेका थिए।

त्यस्तै  रामशरण शिम्खडा ( बेलायत), सुबाश जोसी, बिधान सम्सोधन समितिको उप संयोजक तथा जन सम्पर्क समिती युरोपका महामन्त्री गंगाधर गौतम, एन आर एन ए बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ राज धमला र लक्जम्बर्गका महासचिव युबराज खत्री साहितको उपस्थिती रहेको थियो।

त्यसैगरि नेदरल्यान्ड्स शाखाका सस्थापक अध्यक्ष शशी पौडेल, पुर्व अध्यक्ष हरी पौडेल, कृष्ण राज अधिकारी, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, काबा महासचिव द्रोण रिजाल, बिबिसिका वरिष्ठ पत्रकार भागीरथ योगी, लगायत नेदरल्यान्ड्सका बिभिन्न संघ- सस्था अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो।

अतिथिहरुले शुभकामना सन्देश दिदै फ्री मेम्बरसिबका साथसाथै एन आर एन अभियानहरुको बिषयमा खुला बहस गर्दै ठोस निर्णयहरु पारित गर्न अनुरोध गरेका थिए।

कार्यक्रमको संचालन महासचिव संघर्सशिल केसीले र स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष्य मिम पुर्जाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु