२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ २०२२ हुने विश्वकपकका लागि युरोपेली रास्ट्रहरुको छनोट समूह सार्वजनिक

२०२२ हुने विश्वकपकका लागि युरोपेली रास्ट्रहरुको छनोट समूह सार्वजनिक

सन् २०२२ मा कतारमा हुने फिफा विश्‍वकपका लागि युरोपेली राष्ट्रहरुको छनौटको समूह सार्वजनिक भएको छ। सोमबार सार्वजनिक भएको ड्र अनुसार युरोपका ५५ राष्ट्रहरुलाई १० समूहमा विभाजन गरिएको छ।

समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन्। समूह बी मा सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, जर्जिया र कोसोभो रहेका छन्। सन् २००६ को विजेता इटालीले स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनियाको सामना गर्नेछ।

साविक विजेता फ्रान्स रहेको समूह डी मा युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना र काजकास्तान रहेका छन्। बेल्जियम र वेल्स सम्मिलित समूह ई मा चेक गणतन्त्र, बेलारुस र एस्टोनिया छन्। समूह एफ मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभाले खेल्नेछन्।

समूह जीमा नेदरल्यान्डसँगै टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटारले छन्। समुह एचमा साविक उपविजेता क्रोएसियाले स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टासँग प्रतिस्पर्धा गर्नेछन्।

समूह आईमा इंग्ल्यान्ड र पोल्यान्डसँगै हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो छन्। समूह जेमा सन् २०१४ को विजेता जर्मनीसँगै रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइनले खेल्नेछन्।

हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन्। समूहको दोस्रो स्थानमा रहने टोलीले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनौट चरणमा प्रतिस्पर्धा गर्नेछ। छनौटका खेलहरु सन् २०२१ को मार्च महिनादेखि सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु