गृहपृष्ठ एनआरएनए नेदरल्यान्ड्सको चौथो वार्षिक साधारणसभा भब्य र एतिहासिक रुपमा सम्पन्न
एनआरएनए नेदरल्यान्ड्सको चौथो वार्षिक साधारणसभा भब्य र एतिहासिक रुपमा सम्पन्न

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको चौधौॅं वार्षिक साधारण सभा ०७ डिसेम्बर २०२० बिहान ११:०० बजे बाट आरम्भ भई साँझको २०:४५ मा समापन हुदै म्याराथोन वार्षिक साधारण सभा संघका लागि ऐतिहासिक बन्न सफल हुन पुगेको छ।
१५ मिनेटको ब्रेक बाहेक लगभग १० धण्टा सम्म निरन्तर भैरहेको वार्षिक साधारण सभा उद्घाटन सत्र र बन्द सन्त्रमा बिभाजित हुदै सम्पन्न भएको छ।
सभाको सभापतित्व गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्सका अध्यक्ष श्रिराम कंडेलले गरेका थिए भने कार्यक्रम संचालन महासचिव संघर्षशिल के. सि. बाट भएको थियो।
गैरआवासिय नेपाली संघको १८ वर्षे ईतिहासमा नेदरल्यान्ड्स ले गौरवपूर्ण ईतिहास बोकेको साथै मार्गदर्शित र प्रसंशनिय भूमिका निर्वाह गरेको भन्दै संघका केन्द्रिय अध्यक्ष साथै प्रमुख अतिथी कुमार पन्त, बिशिस्ट अतिथिहरु क्रमस : वरिष्ठ उपाध्यक्ष बद्री के.सी., सलाहकार कुल आचार्य लगायत सहकोषाध्यक्ष लोक दाहाल, युवा संयोजक हिमाल गुरुङ र युरोप संयोजक नारायण आचार्यले उद्घाटन सत्रमस क्रमस बिशिष्ट अतिथीको तर्फबाट शुभकामना व्यक्त गरेका थिए।
सभामा पत्रकार महासंघ युरोप शाखा , केन्द्रीय विधान शंसोधन समिती र अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यहरुको पनि सहभागिता रहेको थियो।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका संस्थापक अध्यक्ष तथा केन्द्रिय पुर्व सल्लाहकार शशी पौड्यालले स्थापना काल देखिनै संघको विभिन्न कालखण्डमा संस्थागत बिकास र बिस्तारमा लागि परेको भन्दै संघका कुनै पनि चुनौतीलाई समाना गर्न केन्द्र देखि राष्ट्रिय स्तरसम्म हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए।
गैरआवासिय नेपाली संघ आफैमा गैर आवासिय नेपालीहरुको एक सामाजिक साझा संस्था भएकोले संघले नेदरल्यान्ड्समा बसोबास गर्ने सबै जातजाती,वर्ग भेग र बिचारलाई समेटी उनिहरुको बिचको सम्बन्ध मजबुत गराउने,आपसी सद्भावको बृद्धि गर्ने ,नेपाल- नेदरल्यान्ड्सको मैन्त्रि सम्बन्ध प्रगाढ पार्ने साथै परोपकारी र सामाजिक क्षेत्रमा निरन्तरता दिनु पर्ने कुरामा पनि संस्थापक अध्यक्षले जोड दिएका थिए।
बन्दसन्त्रमा एनआरएनए नेदरल्यान्ड्सका महासचिव संघर्सशिल केसिले संघको एक वर्षको कार्यकालमा भयगरेका गतिविधीको उच्च स्तरिय प्रतिवेदन प्रस्तुत गर्दै सभाबाट अनुमोदन गराएका थिए भने संघका कोषाध्यक्ष खेम सपकोटाले आर्थिक प्रतिबेदन स्पष्ट पारदर्शी ढंगले प्रस्तुत गरि अनुमोदन गराएका थिए।
त्यसैगरी महिलाहरुको सामाजिक गतिविधिहरु सक्रिय सहभागिताको विवरण सहित महिला संयोजक राधा देबी कँडेलले आफ्नो प्रगती प्रतिबेदन प्रस्तुत गरी अनुमोदन गराएकी थिईन्।
कोरोना भाईरसको माहामारिका पनि कार्यसमितिले एक वर्षको कार्यकालमा अतिनै उल्लेखनिय कार्य गरेको प्रसंशा गर्दै सर्वसम्मतबाट ताली बजाइ कार्यसमितिलाई बधाई पनि दिइएको थियो।
विधान संशोधन समितिको तर्फबाट शंसोधन समितिका संयोजक शालिक गौतमले शंसोधित बविधानका बुंदाहरु बाचन गरि अनुमोदनको लागि प्रस्ताव सभामा राखेका थिए। विधान शंसोधनको एजेन्डामा धनिभुत छलफल विधान संशोधनका बुंदाहरु पास गरिएको थियो ।
संशोधित विधानमा मुख्यत: संरक्षक परिषदमा कुन योग्यता भएको व्यक्तित्वलाई राख्दा संघको बृहत्तर हित हुन्छ भन्ने बारेमा बिशेष छलफल भएको थियो।
अन्त्यमा प्रमुख संरक्षकको हकमा संघको अध्यक्ष वा आइ सि सि को नेतृत्व गरि संघलाई विशेष योगदान पुर्याएको हुनुपर्ने र संरक्षक सदस्यको हकमा भने नेतृत्वको भूमिका निर्वाह गरेको वा संघको लागि विशेष योगदान पुर्याएका व्यक्तित्वलाई कार्यसमितिले मनोनयन गर्न सक्ने भनि बन्दसत्रबाट पास भएको अध्यक्ष कँडेलले जानकारी गराएका थिए। केही पन्जिकृत सदस्यहरुको सुझाबलाई मध्यनजर गर्दै विधान शंसोधन केही सुधार गर्न संयोजक गौतमलाई सुझाइएको थियो।
गैरआवासिय नेपाली संघको केन्द्रीय नेतृत्व पनि विशेष नजरमा रहेको नेदरल्यान्ड्सको वार्षिक साधारण सभालाई सभ्य,भब्य र पूर्ण सफलताका साथ सम्पन्न भई सभा एतिहासिक बनेको थियो।