गृहपृष्ठ युरोपका चर्चित पत्रकार रिजाल नमूना नेपालको सम्पादक मण्डलमा चयन
युरोपका चर्चित पत्रकार रिजाल नमूना नेपालको सम्पादक मण्डलमा चयन
चर्चित पत्रकार रिजाल नमूना नेपालको सम्पादक मण्डलमा अभिन्न सदस्यमा चुनिए

युरोपबाट संचालित नमूना नेपालले खबर प्रवाहलाई व्यापक ,चुस्त-दुरुस्त बनाउने उद्देश्य अनुरुप कार्यक्षेत्रलाई विस्तार गर्दै लगेको छ।
आम जनमानसमा लोकप्रिय हुँदै गैरहेको यस अनलाइन पोर्टलप्रती सबैको आकर्षण बढ्दै गैरहेको छ।यस सस्थाको कार्यक्षेत्र बिस्तार गर्ने नीति अनुरुप युरोपमा क्रियासिल पत्रकार द्रोण रिजाललाई सम्पादक मण्डलमा चयन गरिएको छ।
आजै बसेको सम्पादक समुहको एक बैठकले रिजाललाई आगामी दुई बर्षका लागि नियुक्त गरेको हो।नेपालमा दर्जनौ मिडियामा काम गरेका पत्रकार रिजाल पछिल्लो समय युरोपमा निकै सक्रिय पत्रकारको रुपममा चिरपरिचित छन्।उनी हाल पत्रकार महासंघ युरोप शाखाको कार्यवाहाक महासचिव समेत रहेका छन्।
अनुभवी,लगनशील एवं इमान्दार पत्रकार रिजालको आवद्धताले यस सस्थाको गरिमा र साखमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।पत्रकार रिजाललाई बधाई सहित सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछौ।