२०७८ वैशाख ८ गते बुधवार | April 21, 2021

Bharat Poudel

गृहपृष्ठ स्पेनको अलिकान्ते नेपाली समाज दुई धारमा विभाजित,एक-अर्काबीच आरोपप्रत्यारोप

स्पेनको अलिकान्ते नेपाली समाज दुई धारमा विभाजित,एक-अर्काबीच आरोपप्रत्यारोप

आलिकान्ते- स्पेनको आलिकान्ते स्थित कोस्टाब्लाङका क्षेत्रमा बस्ने नेपालीहरुमा संस्था गठनको विषयमा विवाद वढेको छ। सन् २००९ देखि विभिन्न सामाजिक काम गर्दै आएको संस्थालाई परिवर्तन गरी एक पक्षले नयाँ संस्था दर्ता गरेपछि उनीहरुबीच विवाद वढेको हो।

यसअघिको नेपाल स्पेन समाज कोस्टाब्लाङकालाई परिवर्तन गरी नेपाल समाज एसोसियसनको नाममा नयाँ कमिटी गठन भएपछि विवाद बढेको हो।

समाजको एकपक्षले नयाँ संस्था बनाएर अघि वढेपछि उक्त संस्थाका केहि संस्थापकहरुले पनि मंगलवार नयाँ कमिटी गठन गरेका छन्। समाज फुटेर दुईवटा कमिटी गठन भएपछि अहिले सामाजिक सञ्जालहरुमा एकपक्षद्दारा अर्को पक्षलाई आरोप प्रत्यारोप चलिरहेको छ।

सोमवार अक्कलवहादुर बोहोराको अध्यक्षतामा एसोसियन गठन भएपछि असन्तुष्टहरुको भेलाले मंगलवार केशवराज कंडेलको अध्यक्षतामा अर्को कमिटी गठन गरेको हो।

बोहोरा नेतृत्वको कमिटीमा उपाध्यक्षमा विनोद शेरचन, रीता आचार्य, देवराज सापकोटा र लक्ष्मण पाण्डे रहेको छन् भने महासचिवमा नवराज दुवाडी, सचिव अनुपसिंह भण्डारी, कोषाध्यक्षमा दुर्गा भण्डारी, युवा संयोजकमा बाबुराम गौतम र महिला संयोजकमा स्मृति गौतम रहेका छन्। यस्तै सदस्यहरुमा द्दारिका लामिछाने, ईश्वर गौतम, भरतराज न्यौपाने, रुद्रखत्री, महदत्त कंडेल र मन्जना पाण्डे रहेका छन्।

यस्तै कंडेलको नेत्तृवमा मंगलवार गठन भको अर्का कमिटीको वरिष्ट उपाध्यक्षमा निराजन लुईटेल, उपाध्यक्षहरुमा विनोदकुमार चौलागाई, कमल कंडेल, झरना कार्की रहेका छन् भने महासचिवमा बालकुमार बुढा, कोषाध्यक्षमा छविलाल श्रेष्ठ, युवा संयोजकमा प्रविन सुवेदी रहेका छन्।

यस्तै सदस्यहरुमा शैलेन्द्र थापा,शैलेस बज्राचार्य, शोभा पराजुली,श्यामराज कडेल,सुरेन्द्र रानामगर,विशाल रानामगर,नयन थापा, सरोज केसी,रविन गुरुङ र राजकुमार क्षेत्री रहेका छन् भने सल्लाहाकारहरुमा विरेन्द्र श्रेष्ठ, सुरेन्द्र भुजेल,रितेश श्रेष्ठ,सुरेश बज्राचार्य, विरबहादुर खत्री,केशर थापा,सुनप्रसाद गुरुङ चयन भएका छन्।

दुवै पक्षले आफुहरु आधिकारीक समाज भएको दावी गरेका छन्। अध्यक्ष कंडेलले एकपक्षले इतिहास बोकेको पुरानो संस्थालाई समाप्त पारेर नयाँ संस्था बनाएको र यसविषयमा आफुहरुसंग छलफल र सहमति नगरिएको आफुहरुले नयाँ संस्था बनाएको नभै पुरानै संस्थालाई पुर्नगठन गरेको बताए।

उता बोहोरा पक्षधरहरुले भने संस्थालाई कानुनी रुपमा वैधता प्रदान गर्ने क्रममा संस्थाको नाम फेर्नु परेकोले नयाँ नाम राखिएको बताएका छन्।

समाजका संस्थापक अध्यक्ष रितेस श्रेष्ठले संस्थाको नाम पर्ने जस्तो गम्भिर विषयमा आफुहरुसंग छलफल नै नगरी एकलौटी ढंगले कम्पनी दर्ता गरे जसरी अर्को पक्ष अगाडि बढेकोले आफुहरुले गठन गरेको संस्था जोगाउन नयाँ कमिटी गठन गरीएको बताए।

उनी कंडेल नेतृत्वको समाजमा सल्लाहकार रहेका छन्। एनआरएनए आइसिसीका संस्थापक सदस्य विरेन्द्र श्रेष्ठले एकपक्षले अर्को पक्षको कुरा नसुन्ने अवस्था आएकोले समाज फुटको स्थितिमा पुगेको बताए।

उक्त समाजले यसअघि विभिन्न सांस्कृतिक क्रियाकलाप गर्नुका साथै एकअर्कामा पर्ने दुखपिडा र नेपालमा पर्ने आपतविपतहरुमा सहयोग संकलन गर्ने काम गर्दै आएको थियो। स्पेनको आलिकान्तेमा पर्ने कोष्टाबलाङका क्षेत्रमा एकिन तथ्याङ नभएपनि करिव एकहजार नेपाली रहेका छन्।

यसक्षेत्रमा धेरै नेपालीका रेष्टुरेन्ट र पसलहरु छन्। यसअघि एउटै संस्थामा मिलेर आपसी सहयोग आदान प्रदान गर्दै अगाडि बढेका यसक्षेत्रका नेपालीहरुमा संस्थाको विषयलाई लिएर विवाद वढेपछि धेरैलाई चिन्तत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु