२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ एनआरएनए युरोप युवा संयोजक ठाकुरले दिएको राजिनामा स्वीकृत

एनआरएनए युरोप युवा संयोजक ठाकुरले दिएको राजिनामा स्वीकृत

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपका संयोजक जयकृष्ण ठाकुरले दिएकोको राजिनामा स्वीकृत भएको छ। उनले चारबर्ष देखि युवा संयोजक हुँदा बुझाउनु पर्ने कुनै पनि शुल्क र लेवी बुझाएका छैनन्।

आफ्नो व्यक्तिगत कारण देखाउदै गत जुलाईमा पदबाट राजिनामा गरेका जयकृष्ण ठाकुरको राजिनामा स्वीकृत गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ।

उनी सन् २०१९ अक्टोवरमा काठमाण्डौं विश्वसम्मेलनबाट संघको युरोप क्षेत्रीय संयोजकमा निर्वाचित भएका थिए। उनी २०१७-१९ मा पनि सोही पदमा निर्वाचित भएका थिए।

संघको विधान अनुसार अध्यक्ष कुमार पन्तले उनको राजिनामा स्वीकृत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु