गृहपृष्ठ नेपाली महिला समाज पोर्चुगलले सिपमुलक तालिमको आयोजना गर्ने
नेपाली महिला समाज पोर्चुगलले सिपमुलक तालिमको आयोजना गर्ने
स्थापनाकालदेखिनै रचनात्मक एवं सृजनात्मक कार्य गर्दै आइरहेको नेपाली महिला समाज पोर्चुगलले कोरोनाका कारण बेरोजगार र समस्यामा परेका महिला दिदिबहिनीहरुका लागि सिपमुलक तालिमको आयोजना गर्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ।
हेर्नुहोस् सस्थाको विज्ञप्ति जस्ताको तस्तै…
सुवर्ण अवसर
“सिप सिकौँ आत्म निर्भर बनौ”
देश छोडी प्रदेशमा आएर पनि कोभिड १९को चपेटामा परी लामो समय देखि बेरोजगार बन्न पुगेका पोर्चुगल बासी नेपाली महिला दिदीबहिनीहरुको अबस्थालाई मध्यनजर गर्दै वहाँहरूकै अनुरोधमा तपाई हाम्रो साझा संस्था नेपाली महिला समाज,पोर्चुगलले यही आउदो नयाँबर्ष २०२१ जनवरी ४ तारिख देखी ३१ तारिख सम्म निशुल्क ब्युटिसियन तालिम अन्तर्गत मेडिकेयर, पेडिकेयर,नेल जेलिनो ,हेअर कट /ड्रेसिङ सम्बन्धी सिपमुलक तालिम संचालन गर्न गैरहेको छ।
अवसरको सदुपयोग गरी आत्मनिर्भर बन्नु हुन अनुरोध गर्दछौं।पोर्चुगिज सरकारले जारी गरेको नियमलाई पालना गर्दै पहिलो चरणमा १० जनाको लागी मात्र सिट सुरक्षित भएको समेत अवगत गराउँदछौं।
नोट :
१, स्थान र प्रशिक्षक पछि खुलाईने छ।
२, ईच्छुक ब्यक्तिले जनवरी १ तारिख सम्म नाम टिपाउनु
पर्ने छ ।
३, सिप सिक्न को लागी आवश्यक सामाग्री आफै ब्यबस्थापन गर्नु पर्ने छ।
४, दैनिक २ घण्टा ( हप्ताको सबैदिन )११ बजे देखि १ बजेसम्म तालिम संचालन हुनेछ ।
५, भर्खरै नयाँ आउनु भएका कार्ड नभैसकेका ,एकल महिला तथा साच्चिकै समस्यामा परेकाहरूलाई पहिलो प्राथमिकता दिईने छ। साथै सिप सिक्न अति ईच्छुकले मात्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
सम्पर्क नम्बरहरू-
निर्मला ढकाल -९२००७४७०२
माया खरेल -९२०५५६०५८
सरिता शर्मा-९२००६३५९७
शान्ति आर्याल अधिकारी – ९२०२८०२२५
ईमेल : nepalimahilasamajportugal@gmail.com
धन्यबाद