२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपालको गौरव,नेपाली सेफ सन्तोष मास्टर सेफ युकेको फाईनलमा

नेपालको गौरव,नेपाली सेफ सन्तोष मास्टर सेफ युकेको फाईनलमा

नेपाली सेफ सन्तोष बिहिबार साँझ बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै फाईनलमा पुग्न सफल भएका छन्।

नेपाली मूलका बेलायतमा बसोबास गर्ने सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका हुन्।

धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए। लण्डनको प्रख्यात सेफहरु सँग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने लक्ष्य लिएका छन्।

इण्डियन कुकिजनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष। सन्तोषले आफ्नो पाक कला देखाएर फाईनलमा पुग्न सफल भएका छन्।

सन्तोषले मास्टर सेफको टप ८ प्रतिस्पर्धीमा यःमरि,क्रिस्पी “चिकन चिल्ली “चाईनिज-इन्डियन स्टाइलको साथ क्रिस्पी कमलका जराहरू, सि वीडको  अचार, भेजीटेबल अचार, तातो र अमिलो सूप र क्रिस्पी नूडल्स बनाएका थिए।

सो संस्करणमा सन्तोषले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु