२०७७ माघ ९ गते शुक्रवार | January 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ गण्डकी प्रदेशका दुई स्थानीय जनप्रतिनिधिबीच विवाह सम्पन्न

गण्डकी प्रदेशका दुई स्थानीय जनप्रतिनिधिबीच विवाह सम्पन्न

गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ।

सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो।

नवविवाहित जोडीलार्ई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ,आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु