गृहपृष्ठ वरिष्ठ महिला संचारकर्मीहरु युरोप शाखाको ४२औं श्रृंखलामा,महिला हिंसा न्युनिकरणमा जोड
वरिष्ठ महिला संचारकर्मीहरु युरोप शाखाको ४२औं श्रृंखलामा,महिला हिंसा न्युनिकरणमा जोड

डिसेम्बर १० तारिखमा पत्रकार महासंघ युरोप शाखाको ४२औं श्रृंखलामा चर्चित महिला संचारकर्मीहरुको विशिष्ट अतिथिको रुपमा सहभागिता रहेको थियो।
विशिष्ट अतिथीहरु समुथ एसियन वोमन इन मिडिया (SAWM) कि अध्यक्ष तथा सन्चारिका समुह कि पुर्व अध्यक्ष साथै वरिष्ठ महिला पत्रकार निर्मला शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य तथा टेलिभिजन प्रस्तोता श्वेता सिंह र नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रिय सचिव साथै प्रेस काउन्सिल नेपालकी सदस्य संगिता खड्का रहेका थिए।
सहभागि अतिथिहरुले विगत देखी वर्तमान अवस्था सम्म फरक लिँग भएकै कारण महिलाहरु सामाजिक रुपमा बिभेद भोग्नु परेको उल्लेख गर्दै महिला हिंसा बिरुद्धको अभियानमा पुरुषहरुको समन्वयकारी भूमिका निर्वाह हुनु पर्नेमा जोड दिएका थिए।
संचार क्षेत्रमा विगतको भन्दा वर्तमान अवस्थामा महिलाहरुको सहभागिता उल्लेख्य मात्रामा वृद्धि भएको जानकारी गराउँदै रिपोर्टिङको क्रममा भएका घरायसी शंकास्पद ब्यबहारले गर्दा सूचना प्रवाह गर्न चुनौती रहेको संचारकर्मी निर्मला शर्माको आसय थियो।
महिला हिंसाहरुको पर्दाफास गर्दै पीडित महिलाको आवाज प्रतिबिम्बित गर्नका निम्ती महिला पत्रकारहरुको समाजमा ठुलो चुनौती रहेको उल्लेख गर्दै त्यस्तो कठिन परिस्थितीमा महिला हिंसा र बेथितिको उजागर गर्न सफल हुन पाउनुनै आनन्दको महसुस गर्नुपर्ने अतिथिहरुले जोड दिएका थिए।
लामो समय संचार छेत्रमा लागिरहे पनि अन्तत: बिबिध कारणबाट संचार पेशा टिक्न कठिन हुँदै महिला संचारकर्मीहरुले पेशानै परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुँदा दु:ख लागेको र पत्रकारिता क्षेत्रमा महिलाहरुलाई स्थापित गर्न सरकारी संचार निकायमा महिलाहरुलाई स्थापित गर्न बिशेष नितिनियम हुनुपर्नेमा संचारकर्मी संगिता खड्काको जोड थियो।
महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको अवस्थामा फरक लिँगकै कारण महिलाहरुले बिभेद भोग्न परेको अवस्था औल्याउदै संचारगृहको कार्यकारी पदहरुमा महिलाहरुको सहभागिता न्युन रहेकाले पनि महिला शसक्तिकरण आवश्यक रहेको संचारकर्मी श्वेता सिंहले जोड दिएकी थिईन्।
शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रमको संचालन पत्रकार महासंघ युरोप शाखाकी सदस्य सरला कट्टेल, बाबा राजेस्वरी थापा, इन्दिरा चाम्लिङ, शान्ती अर्याल अधिकारि, गोमा खरेल लगायत काबा महासचिब द्रोण रिजाल, सदस्यहरु रबिचन्द्र भट्टराई, प्रेम परियार, राज कुमार थापा र कलश खरेलको उपस्थिती थियो।