२०७७ चैत ३१ गते मंगलवार | April 13, 2021

Bharat Poudel

गृहपृष्ठ पत्रकार महासंघ युरोप शाखाको पत्रकारिता तालिम भब्य रुपमा सम्पन्न

पत्रकार महासंघ युरोप शाखाको पत्रकारिता तालिम भब्य रुपमा सम्पन्न

नेपाल पत्रकार महासंघ युरोप शाखाको ४३औं श्रृङखला डिसेम्वर १२ तारिखका दिन भब्य रुपमा सम्पन्न भएको छ।अनलाइन/डिजिटल पत्रकारिता सम्बन्धी महत्वपुर्ण तालिममा प्रशिक्षकको रुपमा उमेश श्रेष्ठ र बीबीसीका डिजिटल एडिटर उज्वल आचार्य रहेका थिए।

नेपाली पत्रकारिताको बिकास सँगै अहिलेका अनलाइन न्युज पोर्टलको बड्दो क्रममा सकारात्मक र नकारात्मक दुबै पक्ष रहेको प्रशिक्षक उमेश श्रेष्ठले आशय राखेका थिए।

पत्रकारितामा मुख्य समाचार उत्पादक हुनुपर्दछ भन्दै समाचारमा भाषा स्पष्ट हुनुपर्ने, पत्रकारिताका आधारभुत कुराहरुमा ध्यान दिनुपर्ने, आफ्ना लक्षित पाठक वर्गलाई लक्षित गरेर समाचार तयार गरेमा आफ्ना न्युज साइटमा हेर्ने धेरै पाठक हुनेमा कुनै सन्देह नहुने प्रशिक्षकहरुको भनाइ थियो।

फेसबुक वा युट्युबमा राखिएका कन्टेन्टहरु राखेर समाचार बनाउदा ति कन्टेन्टहरु कतिको सहि छन बिस्लेषण गरेर मात्र राख्दा समाचार प्रभाबकारी हुने र कसैले प्रकाशित गरेको समाचार आफ्नो मिडियामा राख्दा कपिराइट लाई बिशेष ध्यान दिनुपर्नेमा प्रशिक्षकहरुले जोड दिएका थिए।

युरोपभरिका बिभिन्न देशका २२ जना भन्दा बढि पत्रकारहरुको जिज्ञासाहरुको जवाफ प्रशिक्षकहरुबाट पाइएकाले अनलाइन डिजिटल पत्रकारिता सम्बन्धी तालिम उपलब्धिमुलक रहेको सहभागिताहरुको धारणा रहेको थियो।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले प्रशिक्षक अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमको संचालन पत्रकार महासंघ युरोप शाखाका सचिव महेश कुमार खातिले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु