गृहपृष्ठ यी उपायहरु अपनाएमा शरीरलाई स्वस्थ बनाउन सकिन्छ,जानीराख्नुहोस्
यी उपायहरु अपनाएमा शरीरलाई स्वस्थ बनाउन सकिन्छ,जानीराख्नुहोस्
भोजनमा विविधता
स्वास्थ्यका लागी हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्व चाहिन्छ र कुनै एकल भोजनले ती सबै तत्व आपूर्ति गर्न सक्दैन।
त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुहोस्। तपाईले लन्चमा हेभी खाना लिनुभयो भने डिनरमा कम खानुहोस्। एक रात मासु खानुभयो भने अर्को दिन हरियो सागपात वा माछा सेवन गर्नुहोस् अर्थात् भोजनमा विविधता ल्याउनुस्।
कार्बोहाइड्रेटयुक्त खाद्यान्नको अत्यधिक प्रयोग
हाम्रो आहारमा कार्बोहाइड्रेडयुक्त खाद्यान्नको प्रयोग अत्यधिक गर्न कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइटचार्टमा समावेश गर्नुहोस्।
चिल्लो घटाउनुस्
स्वस्थ्य रहनका लागि शरीरमा बोसो आवश्यक हुन्छ। यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ।
त्यसैले, फ्याटलाई सन्तुलित राख्नका लागि चिल्लोयुक्त खानेकुराको कम प्रयोग गर्नुहोस्। खाना पकाउने क्रममा तेलको प्रयोग कम गर्नुहोस्। मांशाहारी खानेकुरा सेवन गर्नुहुन्छ भने बोसो हटाउनुहोस्।उमालेको वा स्टिम गरेको खानेकुराको प्रयोग धेरै गर्नुस्। शाकाहारी तेलको प्रयोग गर्नुस्।
फलफूल र तरकारीको भरपुर प्रयोग
फलफूल र तरकारीमा हाम्रो शरीरलाई आवश्यक भिटामिन, खनिज र फाइबर हुन्छ। दैनिक रूपमा हामीले कम्तीमा पाँचपटक खाने प्रयास गर्नुपर्छ। प्रत्येकपटक फलफूल र तरकारीको प्रयोग गर्दा शरीर स्वस्थ रहन्छ। हरियो सागपात र ताजा फलफूलको प्रयोग अत्यधिक गर्नुहोस्।
नुन र चिनीको मात्रा घटाउनुहोस्
नुनको अत्यधिक प्रयोगले ब्लडप्रेसर बढाउन सक्छ र हृदय रोगको खतरा बढ्छ। त्यसैले खानामा नुनको प्रयोग कम गर्दा राम्रो हुन्छ। हामीले बजारबाट खाद्यान्न किन्दा कम सोडियमयुक्त सामग्री किन्नुपर्छ।
खाना पकाउँदा नुनको मात्र कम प्रयोग गर्ने ताकि तरकारीको स्वाद पनि मज्जाले लिन पाइयोस्। चिनिले पनि नुनजस्तै आकर्षक स्वाद प्रदान गर्छ। मानिस पेय पदार्थ तथा मिठाइमा चिनीको अत्यधिक प्रयोग गर्छन्।
तर, यसरी चिनीको प्रयोग बढ्दा स्वास्थ्यमा प्रतिकूल असर गर्छ। त्यसैले बरु, चिनीको अत्यधिक प्रयोग भएका पेय पदार्थ वा मिठाइ सेवन गर्नुको सट्टा फलफूल खानुहोस्। त्यो मीठो र स्वादिलो पनि हुन्छ र तपाईंको स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।
तरल पदार्थको अत्यधिक प्रयोग
वयस्क व्यक्तिले दैनिक रूपमा कम्तीमा पनि एक दशमलव पाँच लिटर तरल पदार्थ सेवन गरेको हुनुपर्छ। त्यसैले तरल पदार्थमा ध्यान दिनुस्। त्यसका लागि सबैभन्दा उत्तम स्रोत पानी हो।
पानी अत्यधिक पिउनुस्। पानीको मात्रा कम हुँदा शरीरमा विभिन्न रोग देखिन सक्छन्। फलफूलको रस, चिया, दूध र अन्य पेयले पनि शरीरमा तरल पदार्थको मात्रा पूरा गर्छन् र तपाईंलाई स्वस्थ्य रहन सघाउ पु-याउँछन्।
शरीरको तौल लिनुहोस्
शरीरको तौल कति छ भन्ने जान्नका लागि वेला–वेलामा वजन मापन गर्नुस्। हाम्रो लिंक,उचाइ, उमेर, र जिनजस्ता कारकले हाम्रा लागि सही वजन कति हो भन्ने निर्भर गर्दछन्।
अधिक वजनले गर्दा मधुमेह, हृदय रोग र क्यान्सरसहित विभिन्न रोगको जोखिम बढ्छ। शारीरिक गतिविधिले हामीलाई ऊर्जा खर्च गर्न मद्दत गर्छ र हामीलाई स्वस्थ महसुस गराउँछ।
यदि हाम्रो वजन बढ्दै गएको छ भने त्यसलाई कम गर्नका लागि हामीले कम खान र अधिक सक्रिय हुन आवश्यक छ। तौल कम गर्ने बहानामा खाना नै नखाने भन्ने होइन। विस्तारै खाद्यान्नलाई कम गर्दै लैजाने हो। एकैपटक खानाको मात्रा घटाउँदा अन्य समस्या देखिने खतरा रहन्छ।
नियमित अभ्यासको बानी बसाल्नुहोस्
शारिरीक कसरत वजन र स्वास्थ्य अवस्थाका लागि महत्वपूर्ण छ। हिँड्ने, कुद्ने, खेल्ने, योग,व्यायाम गर्नेलगायतका कुनै न कुनै शारीरिक कसरत आवश्यक हुन्छ। यसले हामीलाई अतिरिक्त क्यालोरी घटाउन मद्दत गर्दछ।
यो हृदय र परिसर प्रणालीका लागि पनि राम्रो हुन्छ। यसले हाम्रो मांसपेशीलाई कायम राख्छ। यसले हाम्रो ध्यान केन्द्रित गर्दछ, र समग्र स्वास्थ्य अवस्थामा सुधार गर्दछ।शारीरिक कसरत गर्नका लागि हामी खेलाडी नै हुुनुपर्छ भन्ने छैन।
हामीले कपडा धुने, भारी बोक्ने, कृषिका काम गर्नेलगायतका शारीरिक कसरत आवश्यक पर्ने श्रम गरेर पनि यसको पूर्ति गर्न सक्छौँ वा दैनिक रूपमा केही हिँडेर वा व्यायाम गरेर पसिना निकाल्न सक्छौँ।
जेहोस्, नियमित रूपमा शारीरिक कसरत गर्न आवश्यक छ।आजैबाट सुरु गर्नुस् र यसलाई निरन्तरता दिइरहनुहोस्। स्वस्थ्य जीवनशैलीले नै तपाईंलाई खुसी र समृद्ध बनाउँछ।
श्रोत:विभिन्न अनलाइन सामाग्रीबाट तयार पारिएको रिपोर्टमा अधारीत।