२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ तमुधिं यूकेको नयाँ कार्यसमिति,अध्यक्षमा हितकाजी गुरुङ

तमुधिं यूकेको नयाँ कार्यसमिति,अध्यक्षमा हितकाजी गुरुङ

बेलायतको सबैभन्दा ठूलो नेपाली संस्थाका रुपमा चिनिने तमुधिं यूकेको नयाँ कार्यसमिति चयन भएको छ।नवगठित कार्यसमितिको अध्यक्षमा हितकाजी गुरुङ चयन भएका छन्।

संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी आउँदो कार्यसमितिको अध्यक्षमा निर्विरोध भएका हुन्। उम्मेदवारी मनोनयनका लागि तोकिएको समयभित्र अध्यक्ष पदमा उनको एकल उम्मेदवारी परेको थियो।

तमुधिं यूके स्रोतका अनुसार संस्थाको २९ सदस्यीय सिंगो कार्यसमितिनै निर्विरोध भएको छ। तीन उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ निर्विरोध भएका छन्। उनीहरुमध्ये हरि र जुमकाजी वर्तमान कार्यसमितिमा पनि उपाध्यक्ष छन् भने तुलाराम अहिले महासचिव छन्।

त्यस्तै, नयाँ कार्यसमितिको महासचिवमा परशुराम गुरुङ निर्विरोध भएका छन्। वर्तमान कार्यसमितिमा सचिव रहेका उनी लमजुङ समाज यूकेका पनि सचिव हुन्। तमु धिं यूकेको कोषाध्यक्षमा व्यवसायी कमल कोने गुरुङ आएका छन्। उनी अहिलेको कमर्यसमितिका सहकोषाध्यक्ष हुन्।

नयाँ कार्यसमितिको खेलकुद संयोजक क्या देव घले छन्। उनले विगत तीनकार्यकाल उक्त पदमा रहेका क्या पिताम्बर गुरुङलाई प्रतिस्थापन गर्नेछन्।

तमुधिं यूकेको ११ औं महाधिवेशन यही डिसेम्बर २० तारिख हुँदैछ। कोभिड महामारीबीच लागू प्रतिवन्धका कारण भर्चुअल रुपमै हुने अधिवेशनले नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु