२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नेपाली जनप्रगतिशील मोर्चा युरोपमा बिस्तार हुँदै, पोर्तुगलमा बन्यो क्षेत्रीय समिती

नेपाली जनप्रगतिशील मोर्चा युरोपमा बिस्तार हुँदै, पोर्तुगलमा बन्यो क्षेत्रीय समिती

नेपाली जनप्रगतिशील मोर्चा  पोर्तुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिती बिस्तार गरेको छ। मोर्चाले यही १३ डिसेम्बर २०२० आईतवारका दिन भर्चुअल सम्मेलन बाट पोर्तुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्यसमिती निर्माण गरेको छ।

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यता र पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बिकको सभापतित्वमा सम्पन्न भएको सम्मेलनले प्रकाश बस्याललाई क्षेत्रीय समितिको संयोजकको जिम्मेवारी दिएको छ।

पोर्तुगल मोर्चाले आयोजना गरेको भर्चुअल सम्मेलनमा बिभिन्न देशका सांगठनिक नेत्रित्व, प्रतिनिधी तथा सदस्यहरुको भब्य उपस्थिती रहेको थियो। सम्मेलनमा नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम, जर्मनी, स्पेन, साउदी अरब, युएई, बहराइन, कतार, मलेशियाका पदाधिकारीहरुले आफ्नो मन्तब्य राखेका थिए।

मन्तब्य राख्ने क्रममा बेल्जियमका अध्यक्ष मेख गुरुङ, जर्मनीका सल्लाहकार भक्त श्रेष्ठ, स्पेनका संयोजक इश्वर शर्मा, साउदी अरबका महासचिव टिकाराम ओली, युएईका उपाध्यक्ष कमल प्रशाद पोख्रेल, बहराइनका अध्यक्ष भिम केरुङ, कतार मोर्चाका जयकिशोर पोद्दार, मलेशियाका सचिव खगेन्द्र भट्टराई र नेपाली जनजाति सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङहाङ्गले पोर्तुगलमा जुझारु र सशक्त संगठन निर्माण गर्दै प्रवासमा रहेका नेपालीको समस्याहरुमा हल गर्नको लागि संघर्षशील रहन नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।

अमेरीका मोर्चाका संयोजक विश्व बहादुर शाहले जुझारु कार्यसमिती निर्माण र सम्मेलनको भब्य सफलताको शुभकामना सन्देश पठाएका थिए।

प्रमूख अतिथि बिष्णु भुजेलले हामी नेपालीहरु विश्वका बिभिन्न देशहरुमा पुगेका छौ र त्यहा पनि नेपालीहरुलाई नेपालीबाटै, अन्य संघसंस्था र ब्यक्तिहरुले उत्पिडन गरेका छन।

उक्त उत्पिडनको बिरुद्ध संघर्ष गर्दै बिदेशिनुको मुख्य कारण नेपालको राज्यसत्ता नै भएकाले दलाल, संसदीय पूंजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानीक समाजवादी सत्ता स्थापनाको लागि नेपाली जनताको आन्दोलनमा ऐक्यबद्धता जनाउने कुरा प्रष्ट परेका थिए।

मोर्चाको उक्त सम्मेलनमा नव गठित समितिका संयोजक प्रकाश बस्यालले संगठनका तर्फबाट प्रतिबद्धता जाहेर गरेका थिए भने यूरोप मोर्चाका महासचिव सुवर्ण बाबु सापकोटाले बधाई मन्तब्य दिएका थिए। उक्त सम्मेलनको संचालन पोर्तुगल मोर्चाका महासचिव प्रदिप अधिकारीले गरेका थिए।

नेपाली जनप्रगतिशील मोर्चा, लिस्बन क्षेत्रीय समिती
सल्लाहकार

ईन्द्र मोहन ढकाल
संयोजक
प्रकाश बस्याल
सदस्यहरु
सुनिल वस्ती
आरके चौधरी
पशुपती पाण्डे
दिपक उपाध्याय
सन्तोष रेग्मी
प्रकाश अधिकारी
प्रविण बस्याल
रुपनारायण चौधरी
अभिषेक न्यौपाने
सुनीलजंग मल्ल ठकुरी
धर्मबहादुर कुँवर क्षेत्री
राजेन्द्र लिम्बु
सौगात बिष्ट
प्रदीप अधिकारी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु