२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ राष्ट्रियता सबैको साझा हो, कुनै बाद प्रती मेरो विश्वाश छैन:डा. रिजाल |

राष्ट्रियता सबैको साझा हो, कुनै बाद प्रती मेरो विश्वाश छैन:डा. रिजाल |

 

नेपाल पत्रकार महासंघ युरोप शाखाको ४४औं शृङ्खलामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य डा.मिनेन्द्र रिजाललाई बिशेष अतिथिको रुपमा प्रस्तुत गरेको थियो।

पत्रकारहरुको जिज्ञासाहरु जवाफ दिदै डा. रिजालले वर्तमान राज्यसत्तामा नेतृत्वदाई भूमिका निर्वाह गरिरहेका व्यक्तीहरुबाटै आफ्नो राजनीतिक क्यारियर जोगाउन कुण्ठाको राजनीति गरेको आरोप लगाउदै कुनै बादको नारा लगाउनु बेकार भएको धारणा राखेका थिए।

पत्रकारहरुको जिज्ञासाहरुको जवाफ दिदै डा. रिजालले गैर आवासिय नेपाली नागरिकता बिधेयकको बारेमा सँसद अधिवेशन सुचारु भएपछी बहसको बिषय हुने भएकाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र प्राप्त भएकाले राजनीतिक अधिकार प्राप्त बिना कुनै राजनीतिक नेतृत्वलाई मत दिने अधिकारबाट सम्बन्धित दलका प्रवासमा रहेका भातृसंगठनका सदस्यहरु बन्चित हुन परेको उल्लेख गरेका थिए।

वर्तमान नेपाल सरकारले लिम्पुवाधुरा, लिपुलेक र कालापानी सहित नेपालको नक्सा प्रकासित गरेकोमा खुशी ब्यक्त गर्दै उक्त जमिन प्राप्त गर्न पाईन्छ कि पाइन्न भन्नेमा चिन्तित रहेको भन्दै खोक्रो राष्ट्रबाद हैन राष्ट्रियता बोकेर हिंड्न रिजालले सुझाब दिएका थिए।

आगामी हुन गैरहेको नेपाली काॅंग्रेसको चौधौॅं राष्ट्रिय महाधिबेशनमा नेपाली काॅंग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेको जानकारी दिदै पार्टिको अभियानमा निरन्तर लागिरहने बताएका थिए।

शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता र कार्यक्रम संचालन काबा महासचिव द्रोण रिजालले गरेका थिए भने कार्यसमिती सदस्यहरु रबिचन्द्र भट्टराई, राज कुमार थापा, प्रेम पोमु, दिनेश गौतम, प्रेम परियार, शेर बहादुर परियार, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, लगायत पत्रकार तथा जन सम्पर्क समिती नेदरल्यान्ड्सका महामन्त्री शालिक गौतम, पत्रकार बेदराम कडेंल सहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु