गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८ सय २१ कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८ सय २१ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ।
त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म १७ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
त्यस्तै थप ८४२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ३६ हजार ५७३ जना निको भएको मन्त्रालयले जनाएको छ।