२०७७ माघ १२ गते सोमवार | January 25, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ कतार राष्ट्रिय दिवसको अवसरमा एनआरएनए कतारले निशुल्क स्वास्थ परिक्षण गर्दै

कतार राष्ट्रिय दिवसको अवसरमा एनआरएनए कतारले निशुल्क स्वास्थ परिक्षण गर्दै

 

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको समस्यालाई मध्यनजर गर्दै गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर शुक्रबारका दिन निशुल्क स्वास्थ परिक्षण कार्यक्रम गर्न लागेको छ।

एनआरएनए कतारको आयोजनामा हुन लागेको निशुल्क स्वास्थ परिक्षण कार्यक्रम १८ डिसेम्बर बिहान १० बजे देखि ४ बजे सम्म हुनेछ।कान्तिपुर मेडिकल सेन्टरमा स्वास्थ परिक्षण गरिने एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन्।

निशुल्क स्वास्थ परिक्षण अन्तर्गत

(१) डाक्टरसँग परामर्श
(२))ब्लड सुगर
(३) युरिक एसिड
(४)कोलेस्ट्रोल
(५) बिएम आई
(६) ब्लड प्रेसर गरि ६ प्रकारका सुबिधा दिने

माथी उल्लेखीत सेवाहरु प्रदान गर्न लागेको आयोजकका अध्यक्ष मुक्तदाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु