२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ नेदरल्यान्ड्स सरकारद्वारा कडा लकडाउनको घोषणा

नेदरल्यान्ड्स सरकारद्वारा कडा लकडाउनको घोषणा

 

युरोपका विभिन्न देशहरु बढ्दै गएको कोभिड १९ कारण लकडाउनको अवस्थामा पुगेका छन् ।दुई दिन अघी मात्र जर्मन सरकारले लकडाउन गरेपछी नेदरल्यान्ड्स सरकारले पनि कडा लकडाउन गरेको हो।

डिसेम्बर १४ तारिख प्रधानमन्त्रि मार्क रुट्टेले नेदरल्यान्ड्सको राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै लकडाउनको घोषणा गरेका हुन्।

नेदरल्यान्ड्समा कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढ्दै गैरेको हुँदा जनस्वास्थलाई ध्यानमा राख्दै नेदरल्यान्ड्स सरकारले जनवरी १९ तारिख सम्म लागु हुने गरी लकडाउनमा कडा नियम लगाएको हो।

यो लकडाउन डिसेम्बर १४ तारिख राती १२ बजे देखी लागु हुने जानकारी गराइएको छ।

लकडाउनको अवधिभर अत्यावस्यक काम बाहेक बाहिर नजान र २ भन्दा बढिको संख्यामा बाहिर जम्मा नहुन सकभर परिवारका सदस्यहरुले समेत नियम पालना गर्न समेत भनिएको छ।

अत्यावस्यक पसलहरु सुपरमार्केट, फार्मेसी र ग्रोसरी बाहेक अन्य सबै पसल बन्द हुने मार्क रुट्टेले प्रत्यक्ष प्रसारण मार्फत जानकारी गराएका छन्।

त्यसैगरि हेयर सेलुन, ब्युटी पार्लरहरु बन्द हुने तर फर्मेसीहरु भने खुल्ला रहने भनिएको छ। प्रार्थमिक र माध्यमिक बिद्यालयहरु, किन्डर गार्डनहरु,स्पोर्ट स्कुलहरु बन्द हुनेछन्। रेस्टुरेन्टहरुको डेलिभरी (Delivery) र टेकवे (Take Away ) हरु मात्र खुल्ला रहने छन्।

सार्वजनिक यातायातमा यात्रा गर्दा सामाजिक दुरी कायम गर्दै माक्सको प्रयोग गर्न अनिवार्य भनिएको छ। यस बिषम परिस्थितीमा सतर्क रहेर नियम पालना गर्दै भाईरसलाई पराजित गर्न सबैको सहयोग आवश्यक रहेको प्रधानमन्त्रीले  भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु