२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ गजलकारका उत्कृष्ट गजल सङ्ग्रह

गजलकारका उत्कृष्ट गजल सङ्ग्रह

कोपिला
१.
भाेलि के के हुन्छ के थाहा
रमाउन र हाँस्न नसाँचे है मायाले
काे हाँस्छ काे रुन्छ के थाहा
२.
कहिलेकाहीँ रिसाउने काेही छैन
सुख साँट्ने मान्छेकाे त भयाे कुरै छाडाैँ
मसँग दुख बिसाउने काेही छैन
३.
भ्रष्टाचारीले तान्ने गाँजामा बदलियाै
तुहिएर गयाे त्यसै वर्षाैँवर्षकाे मेहनत
सत्तामा पुगेपछि राजामा बदलियाै
४.
बल्ल पाे पाएँ थाहा कति राम्राे
प्रकृति पुरुष मालीका अनुपम सृजनाहरु
काेपिला डाली अाहा ! कति राम्राे
५.
सँगसँगै हिँडेपछि साथी भन्नुपर्छ
जिन्दगीको यात्रा रमाइलाेसँग काट्ने हाेभने
अरुलाई माथि भन्नुपर्छ

गिरिराज डल्लाकाेटी
?????????

एक डाली कोपिला ⚘⚘

अँधेरी रातमा जूनको चाह हुन्छ
समाजमा संस्कार र संस्कृति भुल्दै गए पनि
हर मान्छे सँग गुनको चाह हुन्छ

मनका दुई चार शब्द कोर्नु छ
नवीनतम विधा कोपिला बारे केही बुझी
विस्तारै साहित्यमा रङ्ग भर्नु छ

प्रीतको दियो बालेको राम्रो
बिना सङ्कोच साथ आत्मीयता जानेर
शुभ पाइला चालेको राम्रो

भेट हुँदा बोल्दिनौ कि के थाहा
बर्षौँ देखि दु:ख पीडा झेल्दै बसिरहेकी
पीर व्यथा खोल्दिनौ कि के थाहा

हिजो दिलमा सजाउँला भन्थ्यौ
शंकटका दिनहरु शंकटमै बित्न थाले
दु:खमा हात समाउँला भन्थ्यौ
✍✍कमला महत
????????????

गद्य कविता “
   लद्दाख!
सलाम छ तिमीलाई
कलानिधि दाहाल

यौटा अकिञ्चन
कञ्चन
अमुक
उदार
शान्त
कुहिरोसँग
कुहिरोले
माटोसँग
माटोले
पहाडसँग
पहाडले
र जम्मैसँग
जम्मैले
लुकामारी खेल्दै
काउकुती लगाउँदै
घुम्टो उघारेर
घामसँग
घाम फैलाएर
घुम्टोसँग
सुनसानमा
तर
सारमा
सारमा
तर
सुनसानमा
तृप्त/अतृप्त
अतृप्त/तृप्त
चाहनाका
असङ्ख्य
बिस्कुन सुकेर
बिस्कुन ओसिएर
मान्छेभन्दा धेरै टाढा
सुदूरको क्षितिजमा
रहस्यका झिलिमिली
झिल्कासँग
असङ्ख्य झिल्काका
झिलिमिली रहस्यसँग
सृष्टिको चोखो मुस्कान
साटिरहेकी लद्दाख!
तिम्रा
कोमल/कञ्चन खेलहरू
भत्किएका छन् अहिले
तिम्रा स्वस्फुर्त
अन्तरा अन्तराहरू
चकित भएका छन् अहिले
दुई अतिवादी
जङ्गली आस्थाका
सेनाले
बुट बजारेका छन्
तिम्रा छातीमा
एउटा
माथिबाट उफ्रन्छ तल
अर्को तलबाट
चिथोरिन्छ माथि
-रामको नाममा
-सीताको नाममा
कपुर सल्काएर
वासना छर्नुपर्ने
एउटा
धार्मिक अतिवादी पण्डा
राफाल चढेर
तिम्रा छातीमा
क्षेप्यास्त्र छाडिरहेछ
-कार्लमाक्र्सको नाममा
-एञ्जेल्सको नाममा
विराट् विश्व
साझा सम्पतिको
चौडा चिन्तन जन्मेर
कल्पवृक्ष फैलनु पर्नेमा
अर्को
निरङ्कुश साम्यवादी शासक
बाक्लो सिरक ओढेर
चिनूक अनुसन्धानको
पछिल्तिर
जगुवार विमानका पङ्खामुनि
छुपेर
दिन होस्
वा रात
जाडो होस्
वा प्रचण्ड बाफ
मारक क्षेप्यास्त्रका
निशाना दागिरहेछ
हेर्यौ भने तिनलाई
आँखा झिल्किन्छन्
-बारुदले
चुपचाप
लम्पसार पर्यौ भने
छाती चिरिन्छन्
-बुटका काँटीले
-क्षेप्यास्त्रका प्रहारले
बम
र बन्दुक त
पचाई सके
-तिम्रा छातीले
-तिम्रा तनमन दुवैले
राडारका निशाना
माथिबाट ताकिदै
कहिले
-चितायानले
बाल्छ आगो
तिम्रा बरफमा
कहिले
जमीन ट्र्याङ्करले
निशाना ताक्छ
तिम्रो
हिउँजस्तो पग्लने शरीरमा
लद्दाख!
धार्मिक अतिवादी पण्डा
र निरङ्कुश साम्यवादी मुण्डाका बिच
तिमी
-चिथोरिएर भए पनि
-फहरिएर भए पनि
-मरेर भए पनि
-मारी बाँचेर भए पनि
उद्दीप्त!
उद्दाम!!
मानवताकी शिखर
सधैँ
सौम्य!
सधैँ
शान्त!!
सधैँ
मानवताको बुध्दविश्वासमा
धार्मिक अतिवादका पण्डा
र निरङ्कुश साक्यवादी
अतिवादका
बुख्याँचा मुण्डासँग
विजयको
लुकामारी खेलिरहिछ्यौ
बादल ओढेर
-बादलमै
पहाड अग्लेर
-पहाडमै
बरफ चिस्याएर
-बरफमै
पत्थर जमाएर
-पत्थरमै
हिमाल पगालेर
-हिमालमै

???????

 

 गद्य कविता
“प्रकृति र मान्छे”
कमला महत

सौन्दर्यकी
खानी
दुर्लभ क्षणहरूमा पनि
चर्म चक्षु
तथा
दिव्य चक्षुले
अनुभव गर्न सकिने
तिमी प्रकृति
आहा!

अनि

मान्छे
सौभाग्यले
तिम्रा यी अनुपम
आभाहरुमा
रम्नुको आनन्द!
स्वयं सृष्टिकर्ता ब्रम्हा

पालनकर्ता
विष्णु समेत
पटक
पटक
धर्तीमा
अवतरणका
मौकाहरु
हेरिरहेकाछन्
र त
कहिले
अमृत वर्षा
कहिले
करोडौँ ध्वनीहरू
गुञ्जित भएकाछन्।

तिमी
विविध
अलंकारहरूले
सुशोभित
केवल
यो अनुभव
म गरिरहेछु।
हरेक दिन
हरेक साँझ
मनको बगैँचामा
सुन्दर फूलहरू
फुल्ने गर्छ
अनि
म जीवनको
रङ्ग घोलेर
तिम्रो साथमा
रमाउन चाहन्छु।
जीवन
मार्गका काँढाहरु
पन्छाउँदै
सुकीलो
सपनाहरू देख्न चाहन्छु।

तिमी र म
अन्योन्याश्रित
सम्बन्धमा बाँधिएका
युगौँयुग सम्म
तिम्रो स्वच्छन्दतामा
रम्दै
म आफूलाई
तिमीमा
समाहित गर्न चाहन्छु
यो विषाक्त
भूमरीबाट
दिनको उज्यालो सँगै
सन्ताप
मेट्न चाहन्छु
तिम्रै स्वाभिमानका
फाँटहरूमा
आनन्दले निदाउँन चाहन्छु
म त
नदी जस्तै
कञ्चन
तिम्रो गर्भमा
गर्वले रम्ने
जिजीविषा लिएर
बाँचेको छु
केवल
तिमी र म
धन्य तिमी!
तिमी छौ

त म छु!

?????????

हरि ॐ। सबै नेपालीको जय हाेस्। हामी नेपाल भित्र र बहिर रहेका नेपाली मिली नेपाली पहिचानलाई विश्वका हरेक समुदायमा युग युग सम्म जीवन्त र दिगो राखन सकौं।
यो बिनोद स्पनदन जीको संयोजनमा सुरुवात भएको नेपाली साहित्यकार समूहलाई १०० औं अंक पुगेको अवसरमा हार्दिक बधाई छ।

“हाइकु

मानव चेष्टा
कृत्रिम प्रकृतिको
नरसंहार

यन्त्र भित्रको
कृत्रिम बुद्धिमत्ता
प्रकृति रुदै

डुङ्गाको आगो
मानब सभ्यताको
नबिर्सौं गुन

प्रकृति मायाँ
कृतिम यन्त्रबाट
लाउँने छैन

ऋण तिरोस
मानव प्रकृतिको
दूधको भारा

पुरु सुबेदी

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु