२०७८ वैशाख ८ गते बुधवार | April 21, 2021

Bharat Poudel

गृहपृष्ठ नेकपाको अर्को स्थायी समिति बैठक पुष ५ गते बस्ने

नेकपाको अर्को स्थायी समिति बैठक पुष ५ गते बस्ने

नेकपाको स्थायी समिति बैठक सकिएको छ। कमिटीको अर्को बैठक पुस ५ गते बोलाइएको छ।

बालुवाटरमा अबेला सुरु भएको नेकपा स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश फिर्ता लिने र संसदको हिउँदे अधिवेशन बोलाउन कुनै निवेदन दर्ता नगर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले यसअघि पुस ५ गते बोलाइएको केन्द्रीय समिति बैठक पुस १० गतेका लागि सारेको उनले बताए।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा कुनै नियुक्तिको प्रस्ताव अगाडि नबढाइएको पनि जानकारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी कमिटीमा पेस भएका छुट्टाछुट्टै प्रतिवेदन फिर्ता लिने र पार्टीलाई २६ भदौको समझदारीको स्थितिमा फर्काउने सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु