गृहपृष्ठ आमालाई सम्झदै सन्तोष पुगे बिबिसी वानको फाइनल टप थ्रि मा
आमालाई सम्झदै सन्तोष पुगे बिबिसी वानको फाइनल टप थ्रि मा

बिबीसी वान मा प्रशारित “बिबिसी मास्टर सेफ प्रोफेसनल्स २०२०” को फाइनल राउण्डको दोस्रो चरणमा भादगाउँले टोपी लगाएर गएका नेपाली सेफ सन्तोष शाह प्रतियोगितामा अघि बढ्दै टप ३ मा पुग्न सफल भएका छन्।
बिहीबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पाकवान पस्केका थिए। त्यसैगरि उनले स्पाइसी सोयाबिन क्रमब्स पुदिनाको पराठा, बोन म्यारो ससलगायतका नेपाली खाना पकाएर निर्णायकहरुको मन जित्न सफल भएका थिए।
स्वदेशमा आफ्नी आमाले कामको सिलसिलामा उत्तम परिकार खुवाएको स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए,आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए। साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट पकवान तयार पार्दै सबैलाई चकित बनाए।
बुधबार साँझको एपिसोडबाट एक जना बाहिरीएपछी सन्तोष टप थ्रि मा पर्न सफल भएका हुन्।
सन्तोषले फाइनल एपिसोडको लागि पनि नेपाली खानाका परिकारको तयारी गरेको जानकारी दिए। सन्तोषले प्रतिस्पर्धा जित्नु भन्दा ठूलो नेपाली खानालाई चिनाउने रहेको बताए।
मैले केही नेपाली खाना चिनाउन सफल भए अहिले म मेरी आमालाई सम्झिरहेको छु मलाई मेरो मात्र हैन हामी सबै नेपालीको जित भैसक्यो जस्तो लाग्छ मेरो कोशिस जारी छ। बाँकी फाइनलमा टाइटल जित्ने प्रयास गर्दैछु।’ सन्तोषले भने।