गृहपृष्ठ नमूना नेपालको सम्बादातामा महिला पत्रकार अधिकारी नियुक्त
नमूना नेपालको सम्बादातामा महिला पत्रकार अधिकारी नियुक्त

नमूना नेपालको सम्बादातामा चर्चित संचारकर्मी एवं साहित्यकार शान्ती अर्याल अधिकारी नियुक्त भएकी छन्।
सस्थाको कार्यक्षेत्र बिस्तार गर्ने नीति अनुरुप अधिकारीलाई नियुक्त गरिएको हो।आजै बसेको सस्थाको सम्पादक समुहको एक बैठकले आगामी २ बर्षका लागि अधिकारीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपालमा रहँदा विभिन्न एफएम रेडियो ,पत्रपत्रिका एवं हाल पोर्चुगलमा रहेर सक्रिय रुपमा कलम चलाइरहेकी अधिकारी लेखनमा निकै अब्बल मानिन्छन्।
साहित्य क्षेत्रमा पनि निकै सक्रिय अधिकारीका लेखहरुमा पनि उत्तिकै चाख लाग्दो मिठास पाईन्छ।
साहित्य लेखनमा अब्बल अधिकारीका लेखहरुमा भने लगभग सबै विषयवस्तुहरु समेटेर विविधता ल्याउने गरेको देखिन्छ।
उनको आवद्धताले यस संस्थाको उद्देश्य तथा कार्यदिशामा थप बल पुग्ने अपेक्षा गरिएको छ।