२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ गुल्मीमा अटो गाडी दुर्घटना हुँदा एकको मृत्यु ,४ जनाको घाइते अवस्थामा उद्धार

गुल्मीमा अटो गाडी दुर्घटना हुँदा एकको मृत्यु ,४ जनाको घाइते अवस्थामा उद्धार

 

गुल्मीको रेसुङ्गा नगरपालिकामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

गौंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु