२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ सबै पक्षलाई समेटेर एकताको महाधिवेशन गर्नुनै अहिलेको प्रमुख आवश्यकता हो:पौड्याल

सबै पक्षलाई समेटेर एकताको महाधिवेशन गर्नुनै अहिलेको प्रमुख आवश्यकता हो:पौड्याल

अहिले खासगरी नेपाली काङ्ग्रेस निकट प्रवास समिती नेपाली जनसम्पर्क समन्वय समिती चर्चाको केन्द्रमा छ।केही आन्तरिक विवाद र कलह बाहिर देखिएका छन् भने अस्ति भर्खरै तोकिएको महाधिवेशन पनि स्थगित भएको छ।आज हामीले उक्त संस्थाको विवाद,विधान,समस्या ,समाधान र महाधिवेशन सन्दर्भमा खोतल्ने प्रयास गरेका छौ।यसै सन्दर्भमा नेपाली काँग्रेस जनसम्पर्क समन्वय समिती युरोपका विधान संशोधन समितिका संयोजक शशी पौड्यालसँग नेपाल पत्रकार महासँघ युरोप शाखाका कार्यवाहक महासचिव,नमूना नेपाल सम्पादक मण्डल मध्येका एक प्रमुख एवं चर्चित पत्रकार द्रोण रिजालले गरेको विशेष कुराकानी ……

नेपाली काँग्रेस जनसम्पर्क समन्वय समिती युरोपको दोस्रो अधिवेशनको पुर्व संध्यामा विभिन्न समिती निर्माण गरी विगत लामो समयदेखि आयोजना हुन नसकेको दोश्रो अधिवेशन सम्पन्न गराउने निर्णय मुताबिक तपाईंलाई नौ सदस्य सहितको विधान संशोधन समिति संयोजकमा मनोनयन गरिएको छ। निर्धारित छोटो समयमै एकताको अधिवेशन सुहाउदो साथै संस्थाको दाँयरा फराकिलो पारि समितिको विधान निर्माण भयो भनि सर्वजानिक पनि गरियो। युरोप काँग्रेसको कार्यसमितिले तपाईंलाई यो जिम्मेवारी दिनुको पछाडि कुनै रहस्य लुकेको त छैन ?

तपाईंको प्रश्नको वास्तविक आसय मैले नबुझे पनि मलाई कस्तो लाग्छ भने म नेपाली काँग्रेस पार्टीमा विगत लामो समयदेखि कृयासिल भूमिका निर्वाह गर्दै आइरहेको र जनसम्पर्क समिती नेदेरल्यान्ड्समा पनि सकृय रहँदै आएको साथै विधी- विधान र नितीनियम मेरो कार्यक्षेत्र पनि भएको हुँदा मलाई यसको जिम्मेवारी सुम्पिदा समयमै गुणस्तरीय विधान निर्माण हुन्छ सक्छ भन्ने विश्वासले गर्दा होला जस्तो लाग्छ।

साथै म सामाजिक अभियानमा अपरिचित व्याक्तित्व पनि नभएको, नेपाली काँग्रेसको राजनीति र नेपाल सरकारको कुटनितिमा विशेष रुची राख्ने गरेको अनि सामाजिक संस्थाहरुलाई मार्गदर्शित भूमिका निर्वाह गर्ने अनुभव भएको सन्दर्भमा पनि विधान निर्माणमा मलाई योग्य ठहर गरि सो निर्णय भएको भन्ने मेरो बुझाई छ।

युरोपमा स्थापित लोकतन्त्रवादीहरु नेपाली जनसम्पर्क समन्वय समिती युरोप र विश्व संजालमा विभाजित भएको बखतमा तपाईंलाई नेपाली जनसम्पर्क समन्वय समितिले विधान संशोधन जस्तो बिशेष भूमिका दिँदा तपाईंले खुसिसाथ स्विकार गर्नु भयो त?

खासगरी लोकतन्त्रवादीहरुको खिचातानीले मलाई व्याक्तिगत रुपमा अहिले सम्म कुनै असर पारेको छैन। वैचारिक रुपमा हामीमा कुनै भिन्नता छैन सबै राष्ट्रियता, लोकतन्त्र र बिपिको समाजबादमै केद्रित छौ। नेपाली काँग्रेसको सिद्धान्तमा आधारित वैचारिक राजनीतिको धरातलमा रहेर जनसम्पर्क समितिका गतिविधिहरुलाई हेर्ने र आवश्यकतानुसार संस्थागत विकासमा योगदान पुर्याउने भएकोले पनि गुटबन्दी राजनीतिबाट प्रभावित हुनु हुँदैन भन्ने मेरो मान्यता छ।

नेपाली काँग्रेस जनसम्पर्क समन्वय समिति युरोपले मलाई विधान संशोधनको प्रमुख भूमिकाको प्रस्ताव लिएर आउँदा मलाई आश्चर्य लागेन तर मेरो समय र कार्य व्यास्तताको कारणले भने मलाई सहज महशुस भने भएको थिएन। तथापी मेरो सानो योगदानले संस्थालाई अगाडि बढ्न टेवा पुर्याउछ भने मैले यसलाई पहिलो प्रर्थमिकता दिनु पर्छ भन्ने मलाई लाग्यो। संस्थालाई अगाडि बढाउन पनि नँया विचार र नँया नेतृत्वको आवश्यकता पर्छ भन्ने कुरामा म विश्वस्त छु।

लोकतन्त्रबाट अभिप्रेरित संस्थामा एउटै नेतृत्व लामो कार्यकाल सम्म स्थापित भैरहयो भने संस्थालाई रुपान्तरण गर्न र सबैको भावनालाई समेट्न नेतृत्व नै बाधक बन्न सक्छ । संस्थामा परिवर्तन आउनु पर्छ र संस्थालाई समयसापेक्ष गर्दै लैजानु पर्दछ भन्ने लागेर पनि त्यो जिम्मेवारी स्विकार गरेको थिए।

जनसम्पर्क समन्वय समिति युरोपलाई अवैधानिक भनि सामाजिक संजालमा लेखिने गरिन्छ। विधि -विधानमा पनि तपाईंले विज्ञता हासिल गर्नु भएको सन्दर्भमा तपाईं आफुलाई अवैधानिक संस्थाको विधान संशोधनको संयोजक भएको अनुभुती महशुस त भएन?

दु:खको कुरा के भने युरोपका लोकतन्त्रवादीहरुको विवाद सुरुसुरुमा केही राजनीतिक अभियान्ताहरुको इगो र अहंमतामा सिमित थियो तर अहिले यो विवाद केन्द्रको लाइनबाट सन्चालित हुन पुग्यो। त्यसैले यो विवाद केन्द्रदेखि स्थानिय स्तरसम्म छरलिएको कुरा पार्टीमा दुर्भाग्य हो भन्ने म ठान्दछु।

अहिले आएर यो विवाद विश्व संजाल र जनसम्पर्क समन्वय समितीमा परिणत भैइ नेताहरुले कार्यकर्ताहरुलाई र कार्यकर्ताहरुले नेताहरुलाई धर्मसंकटमा पारिरहेको अवस्थामा छ। तर मेरो व्यक्तिगत धारणा भने फरक छ। म नेतावाद र कृपावादको विरोधि भएकाले पनि मलाई विधी विधान र निती नियममा बढी विश्वास लाग्दछ र राजनीतिमा पनि धर्म र निष्ठा महत्वपूर्ण हुन्छन् भन्ने कुरामा दुई मत हुन सक्दैन।

नेपाली काँग्रेस जनसम्पर्क समन्वय समितिलाई अवैधानिक भन्नुमा यो संस्था नेपाली काँग्रेस पार्टीबाट मान्यता प्राप्त छैन भन्न खोजिएको हो भन्ने मलाई लाग्छ तर नेपाली काँग्रेस पार्टीले आफ्नो विधानमा यस संस्थालाई उल्लेख गराएको छैन भन्दैमा अवैधानिक भनि परिभाषित गर्न अलि मिल्दैन।

अवैधानिक भन्नाले कुनै राष्ट्रको कानुन विपरित कार्यलाई बुझिन्छ। नेपाली जनसम्पर्क समन्वय समितिले कुनै कानुन विपरित कार्य गरेको छैन र यस्तो संस्था खोल्न युरोपमा मनाही पनि गरिएको छैन। साथै जनसम्पर्क समन्वय समिती युरोप सन २००७ देखि संचालित भैइ युरोपका विभिन्न शहरहरुमा विभिन्न कालखन्डमा पार्टी नेतृत्वले सम्बोधन गरेका कार्यक्रमहरु पनि आयोजना गर्दै आएको व्याबहारिकता हामी नकार्न सक्दैनौ।

त्यसैले नेपाली काँग्रेस पार्टीले विधानसम्मत मान्यता दिइनसकेको भन्न मिल्छ तर अवैधानिक भन्न मिल्दैन। संस्थालाई १३ वर्षको अभियानमा युरोपमानै आधिकारिकता दिलाउन नसक्नु भने नेतृत्वको कमजोरी भन्न मिल्छ। यो संस्थालाई युरोपको कुनै राष्ट्रमा दर्ता गरई आधिकारिकता लिए पछि पार्टीबाट मान्यता लिने प्रकृया जारीनै गर्दा पनि केही फरक पर्दैन। गैर आवासिय नेपाली संघ पनि सन २००३ मा स्थापित भएको तर सन २०१३ मात्र नेपाल सरकारबाट मान्यता प्राप्त भएको हुँदा नेपालबाट वा पार्टीबाट मान्यता लिने कुरा तुरुन्तातुरुन्तै हुने कुरा पनि होइन।

तपाईं आँफैले तयार गरेको विधान अनुरुप संस्थालाई युरोपमा दर्ता गराएर आधिकारिकता दिलाई अगाडि बढ्दा के फरक पर्ला त ?

म आँफैले भन्दा पनि विधान संशोधन समिती २०२० ले तयार गरेको विधान भन्दा उचित ठान्दछु। संस्थालाई आधिकारिकता दिने वा नदिने भन्ने कुरा कार्यसमितिले गर्ने निर्णय हो। कार्यसमितिमै एकरुपता भएन भने यस्ता निर्णयहरु गर्न अलि असहज हुनसक्छ तर संस्थालाई आधिकारिकता दिलाउँदा कसैको कुभलो नहुने र संस्थाको हितमा हुने हुँदा दर्ता गराएर अगाडि बढ्न मेरो सुझाव हुनेछ।

अनि नेपाली काँग्रेस जनसम्पर्क समन्वय समिती युरोपलाई माध्यम बनाएर गुठ उपगुठको राजनीति गर्नु पनि न्यायिक मैले ठान्दिन। मेरो नजरमा जनसम्पर्क समन्वय समिती युरोप सबै लोकतन्त्रवादीहरुको साझा संस्था हो। यसको नयाँ विधानको सँरचना पनि बृहत्तर हित र सबैको अपनत्वको कदर हुने खालको भएकोले एकताको अधिवेशन गराएर सबैलाई समेटेर लैजानु पर्छ भन्ने नै हो।

एकताको मर्म र शक्तिलाई सबैले आत्मसाथ गरेमा संस्था र व्यक्ती दुबैको हित हुन्छ भन्ने कुरामा पनि दुई मत हुन सक्दैन। संस्था दर्ता गर्न कानुनी र प्रकृयागत सहयोगको निवेदन मलाई गरेमा मैले सक्दो सहयोग अवस्य गर्ने छु। मेरो व्यक्तिगत दृष्‍टिकोण पनि संस्थालाई आधिकारिकता दिलाएर संस्थागत बिकासमा जोड दिनेनै हो।

दोस्रो अधिवेशन मुखमुखमा आइपुग्दा पार्टीले अधिवेशन नगर्ने निर्देशन गरेछ त ?

बरु यसलाई रहस्यमय भन्न मिल्ला ! नेपाली काँग्रेस जनसंपर्क समन्वय समिती युरोप पार्टीबाटनै मान्यता प्राप्त छैन भने किन संस्थालाई सम्बोधन गर्दै पत्राचार गरियो ? यसले के पुष्ठि गर्दछ भने पार्टीको विधानमा लिपिबद्ध नभए पनि अभ्यास र व्याबहारिकतालाई पार्टीले स्विकार गरेको रहेछ भन्ने बुझिन्छ।

दोस्रो कुरा पार्टीलेनै अधिवेशन पछाडि सारिदिन्छ भने कार्यकर्ताहरुलाई अधिवेशन भएन भनि दोषारोपण गर्ने ठाउँ पनि रहेन। दोस्रो महत्वपूर्ण कुरा के भने अहिले अधिवेशन पछाडि सर्दै गर्दा सबै पक्षलाई समेटेर एकताको अधिवेशन गर्न अवसर पनि मिल्ने भयो। त्यसैले यो पार्टीले चालेको कदमलाई सकारात्मक मागदर्शन सम्झेर दोस्रो अधिवेशन तयारी समितिहरुलाई परिमार्जित गरि एकताको अधिवेशन गर्नको लागि जोड गर्नु पर्छ भन्नेनै लाग्छ।

जनसंपर्क समन्वय समिती युरोप लोकतन्त्रवादीहरुको साझा संस्था हो र यसलाई युरोपमा आधिकारिकता दिलाएर सबैलाई समेटेर एकताको अधिवेशन गराउन तिर लाग्नु पर्छ मेरो बिचरामा।

अन्तमा मेरा केही महत्त्वपूर्ण भनाईहरु राख्ने अवसर प्रदान गरेकोमा तपाईं र नमूना नेपाल परिवारलाई हार्दिक आभार व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु