२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ कोरोना पीडितलाई राहत बितरण गरिने

कोरोना पीडितलाई राहत बितरण गरिने

कोरोना राहत समिति पोर्चुगलले दोश्रो पटक राहत बितरण गर्ने भएको छ। विश्वब्यापी रूपमा फैलिदै गईरहेको कोरोना महामारीबाट प्रभावित भई दैनिक जीवन -यापनमा समेत असहज भईरहेको अवस्थामा 2020 को पहिलो लकडाउनको समयमै पोर्चुगलमा पोर्चुगलका लागि अवैतनिक नेपाली बाणिज्यदूत मकर हमालको संयोजकत्वमा कोरोना राहत समिति गठन गरी कोष स्थापना गर्ने र समितीकै रोहवरमा राहत वितरण गर्ने काम भएको थियो।

पछिल्लो समय पुनः युरोपका अन्य मुलुकहरूमा जस्तै पोर्चुगलमा पनि कोरोना संक्रमितको संङ्ख्यामा वृद्धि हुँदै गए पछि पोर्चुगिज सरकारले आगामी मार्च 9 तारीख सम्मको लागि कडा रूपमा तेश्रो चरणको लकडाउन गरेको छ। जसको कारण जनजीवन प्रभावित भएको छ ।

होटल ब्यबसाय तथा कम्पनीहरूनै ठप्प देखिन्छन्। यस्तो जटिल अवस्थामा घरदेश देखि बाहिर रहेर बेरोजगारीसँगै अत्यन्त कठिन अवस्थाको सामना गरिरहेको नेपाली समुदायको पीडालाई केही हदसम्म मलम लगाउने उद्देश्यको साथ कोरोना राहत समितिले राहत कोषमा रहेको रकम र गैर आवासीय नेपाली संघ पोर्चुगलको समन्वयमा दोस्रो पटक राहत बितरण गर्न लागेको उप समितिका संयोजक गोविन्द पौडेलले बताउनु भयो।

यो पटकको राहत पोर्चुगलमा रहेका वृद्धवृद्धा, दिर्घरोगी र अप्ठ्यारोमा परेका सुत्केरी महिलाको लागि लक्षित गरिएको छ। शनिबार बाणिज्यदूत हमालको संयोजकतवमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। आईतबार राहत उप- समितिका संयोजक गोविन्द पौडेलको संयोजकत्वमा बसेको समितिको बैठकले सूचना प्रवाह गरी डाटा संकलन गर्ने निर्णय गरेको छ।

समितिबाट जारी सूचना :-

विश्वभरीनै महामारीको रुपमा फैलिएको COVID-19 ले सबै क्षेत्रहरुमा ठुलो प्रभाव पारिरहेको छ। जसले विश्व अर्थतन्त्रमानै असर गरेकोे छ। यसको प्रभाव पोर्तुगलमा पनि सन् २०२० को सुरुबाटनै देखिएको थियो।

एक वर्षको यो अवधिमा कोरोनाका कारण रोजगारी गुमाएर समस्यामा पर्नु भएका नेपाली दिदिबहिनी दाजुभाईहरुलाई राहत होस भन्ने उद्देश्यले “कोरोना राहत समिति पोर्तुगल” स्थापना गरी अत्यावश्यक राहत वितरण गरेको कुरा सर्वविधितै छ। यसरी विगत केही महिना अघि गरिएको राहत वितरण कार्य केही समयको लागि रोकिएको थियो।

तर पछिल्लो समय फेरि कोरोना संक्रमणदर र मृत्युदरमा वृद्धि भएका कारण पोर्तुगिज सरकारले तेस्रो चरणमा लकडाउन गरि निकै कडाईका साथ अगाडी बढाएको छ। यस जटिल परिस्थितिमा पीडामा रहेका नेपालीहरुलाई सहयोगको आवश्यकता भएको महसुस गरि यस राहत समितिले कोरोना लागेका व्यक्ति,समस्यामा परेका सुत्केरी महिला, वृद्ध बा-आमा र दिर्घरोगी हरुलाइ मध्यनजर गरी राहत वितरण गर्ने सचिवालयको निर्णय अनुसार कठिन अवस्थामा रहनु भएका व्यक्तिहरूको विवरण संकलन गर्नका लागी “डाटा संकलन समिति” लाई कार्य निरन्तरताको जिम्मेवारी दिएको छ।

तसर्थ, उक्त समितिले अप्ठ्यारो अवस्थामा रहुनुभएका व्यक्तिहरुको तथ्यांक संकलन गरि राहत वितरणका लागि सचिवालयमा सिफारिस गरिने भएकाले राहतको अत्यावश्यक भएका सबैले समितिका निम्नलिखित जिम्मेवार साथिहरुलाइ सम्पर्क गर्न अनुरोध गर्दछौ।

सम्पर्कका लागि :

संयोजक गोविन्द पौडेल:920570827
सह संयोजक प्रदीप अधिकारी 920359113
सह संयोजक सिता बराल :290260730
ओङदेल शेर्पा लामा : 934537080
राज गौतम : 92028711
सरिता शर्मा : 920063597 शान्ति अर्याल अधिकारी :920280225 भगवान गिरी :920380890 दिपक खत्री:920264891 निराजन सुवेदी:920151932 बिपिन अर्याल:920553961 मिना खरेल:920311480 गीता राना अलेन्तेजो: 969422963 धर्मराज बराल:920351497 महेन्द्र विश्वकर्मा कोईम्ब्रा:920076564

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु