२०७७ फागुन १९ गते बुधवार | March 03, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ बगनासकाली पत्रकार समुहको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक ढुंगाना चयन

बगनासकाली पत्रकार समुहको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक ढुंगाना चयन

बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिवेशनले दिपक ढुंगानाको संयोजकत्वमा ११ सदस्यिय कार्यसमिति गठन गरेको छ।

बगनासकाली गाउँपालिका भित्रका पत्रकारहरुको समुह बगनासकाली पत्रकार समुहको अधिवेशनले ढुंगानाको संयोजकत्वमा कार्यसमिति गठन गरेको हो। साधारण सभामा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दुरदराजमा रहेका नागरिकहरुको दुख, पीडा र समस्याका बारेमा पत्रकारहरको कलम चल्नुपर्ने बताउनुभयो।

उहाँले कोभिड १९ को दुखद परिस्थितिमा पत्रकारहरुको सिप विकासका लागी छुट्याएको रकम कोभिडको व्यवस्थापनमा हस्तान्तरण गरिनु सर्हानिय काम भएको बताउनुभयो। बस्यालले समुहले गर्ने कार्यक्रमको लागी कार्यविधि बनाएरै बजेट व्यवस्थापन गर्ने समेत बताउनुभयो।
समितिको उपाध्यक्षमा भोजराज तिमिल्सेना, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी चयन हुनुभएको छ। गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले पत्रकारहरु गाउँपालिकाको भौतिक, शैक्षिक तथा पर्यटकिय अवस्थाको जानकार भएकाले योजना छनौट देखी बजेट व्यवस्थापन सम्म सहजिकरण गर्न सघाउनुपर्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पुर्व अध्यक्ष गोविन्द भट्टराईले स्थानिय तहका हरेक राम्रा कामहरुको रिपोर्टिङ गर्दै सकारात्मक तथा सुधार गर्नुपर्ने विषयको उठान गर्नुपर्ने बताउनुभयो। अर्का पुर्व अध्यक्ष झपेन्द्र गहिरेले स्थानिय तहहरुका कामहरुको प्रचारप्रसार गर्न र नागरिक माझ पुर्याउन समुह सहयोगी बनेको र जुनसुकै अवस्थामा पत्रकार सरकारको प्रतिपक्ष मात्र नहुने बताउनुभयो।

साधारण सभामा पत्रकारहरु देव पचभैया, कमलराज तिमिल्सेना, गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी लगायतले नवनिर्वाचित समुहका पदाधिकारिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। नवनिर्वाचित अध्यक्ष दिपक ढुंगानाले समुहले संसागत विकासका लागी आवधिक योजना निर्माण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रम, सबैसँग सहकार्य र समन्वयका साथै गाउँपालिकाका हरेक विषयबस्तु उठान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु