२०७७ फागुन २३ गते आइतवार | March 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ एनआरएनए नेदरल्यान्ड्स्का अध्यक्ष कंडेललाई कारबाहीको माग

एनआरएनए नेदरल्यान्ड्स्का अध्यक्ष कंडेललाई कारबाहीको माग

गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्स्का सल्लाहकार साथै प्रवासी नेपाली एकता मन्चका सस्थापक अध्यक्ष टिकाराम सापकोटाले एन आर एन ए नेदरल्याण्डस्का वर्तमान अध्यक्ष श्रीराम कंडेललाई विधान बिपरित गएर सार्वजनिक कार्य गरेको भन्दै कारबाहीको माग गर्दै केन्द्रमा निबेदन दिएका छन्।

सापकोटाले केन्द्रीय अध्यक्ष र महासचिवलाई ध्यानाकर्षण गराउदै निबेदनमा भनेका छन् “एन आर एन नेदरल्यान्डस्का वर्तमान अध्यक्ष श्रीराम कंडेलले बिधानत: केन्द्रीय निर्वाचन निवामवाली ५.१० र ५.१२ स्पस्ट प्रभावित हुनेगरी साथै एन आर एन ए को पदीय सफत ग्रहणको अवज्ञा गर्नेगरी स्पष्ट उल्लंघन गरेको देखिएकोले निजलाई आंम साधारण सदस्यसँग माफी मागी आफ्नो पदीय जिम्मेबारीमा फर्कन चेतावनी दिने वा पदमुक्त गर्ने गरि केन्द्रले कारबाही गरोस् भनि माग गर्दछु।”

विधानको परिधि बाहिर गइ , आँफैले खाएको सफतको उल्लंघन ” अध्यक्ष ” ले गर्ने हो भने अन्य पदिय दाइत्व भएकालाई कसरी कुन विधान भित्र कार्य गर भन्ने ? प्रश्न गर्दै कुनै पनि सार्वजनिक पदको जिम्मेवारी पूरा गर्दा आफु भित्र रहेको राजनैतिक आस्थाको पोकोलाई पदमा बहाल रहँदासम्म बाहिरै राख्नु पर्दछ। संस्थाको मर्यादालाई अंगिकार गर्दै पदिय दाईत्व पूरा गर्नु पर्दछ भनेका छन्। पदीय जिम्मेवारीमा रहेको व्यक्ति संस्थागत मर्यादा भित्र बस्न पर्छ कि पर्दैन ? भन्दै थप प्रश्न गरेका छन्।

एन आर एन ए को विधान र सस्थागत मर्यादा विपरित बहालवाला अध्यक्ष बनेर एन आर एन ए नेदरल्याण्डस्को तर्फबाट सामाजिक जिम्वेवारी सँगसँगै नेपालको वर्तमान संघीय लोकतान्त्रिक व्यवस्था परिवर्तन गर्ने आन्दोलन नेपालमै बसेर गर्दा स्पष्ट देशलाई गृहयुद्धमा धकेल्ने कोशिश गरेको देखिन्छ।सापकोटाले अध्यक्ष कंडेलका बिभिन्न गतिबिधी सहितको भिडियो क्लिप सहित निबेदनमा भनेका छन्। निबेदन जस्ताको तस्तै…

केन्द्रीय अध्यक्षज्यु ,
महासचिव ज्यु ,
एन आर एन ए

बिषय : एन आर एन ए नेदरल्याण्डस्का वर्तमान अध्यक्ष विधान बिपरित गएर सार्वजनिक कार्य गरेकोले कारबाहीको माग गर्दछु।

उपरोक्त बिषयमा , नेदरल्याण्डस् एन आर एन ए का वर्तमान अध्यक्ष श्रीराम कंडेलले विधानत , केन्द्रीय निर्वाचन निवामवाली ५.१० र ५.१२ स्पष्ट प्रभावित हुनेगरी साथै एन आर एन ए को पदीय सफत ग्रहणको अवज्ञा गर्नेगरी स्पष्ट उल्लंघन गरेको देखिएकोले निजलाई आंम साधारण सदस्यसँग माफी मागी आफ्नो पदीय जिम्मेबारीमा फर्कन चेतावोनी दिने वा पदमुक्त गर्ने गरि केन्द्रले कारबाही गरोस् भनि माग गर्दछु।

विधानको परिधि बाहिर गइ , आँफैले खाएको सफतको उल्लंघन ” अध्यक्ष ” ले गर्ने हो भने अन्य पदिय दाइत्व भएकालाई कसरी कुन विधान भित्र कार्य गर भन्ने ? संस्थामा नितान्त नैतिक खडेरी आउन सक्ने अवस्थाप्रति केन्द्रको ध्यानाकर्षण गराउन चाहन्छु।

म बैचारीक आस्थानै नभएको मानिस हुन्छ भन्ने कुरामा विश्वास राख्दिन। कुनै पनि सार्वजनिक पदको जिम्मेवारी पूरा गर्दा आफु भित्र रहेको राजनैतिक आस्थाको पोकोलाई पदमा बहाल रहँदासम्म बाहिरै राख्नु पर्दछ। संस्थाको मर्यादालाई अंगिकार गर्दै पदिय दाइत्व पूरा गर्नु पर्दछ।मेरो बुझाईमा यो संस्था गैर राजनैतिक हो। विधानमा पनि स्पष्ट उल्लेख गरिएको छ। पदीय जिम्मेवारीमा रहेको व्यक्ति संस्थागत मर्यादा भित्र बस्न पर्छ कि पर्दैन ?

केन्द्रीय निर्वाचन निवामवाली ५,१० र ५,१२ स्पष्ट प्रभावित भएको छ। साथै एन आर एन एको पदीय सफत ग्रहणको अवज्ञा गरिएको छ। यदि एस्तो कार्य सुधार गर्न आबस्यक छैन भने संस्थाको दृष्टिकोणलाई ( राजनैतिक ) ,मूल्य मान्यता र निर्वाचन नियमावली सुधार गर्न आम एन आर एन एमा आब्हान गर्दछु। बहालवाला अध्यक्ष बनेर एन आर एन ए नेदरल्याण्डस्को तर्फबाट सामाजिक जिम्वेवारी सँगसँगै नेपालको वर्तमान संघीय लोकतान्त्रिक व्यवस्था परिवर्तन गर्ने आन्दोलन नेपालमै बसेर गर्दा स्पष्ट देशलाई गृहयुद्धमा धकेल्ने कोशिश गरेको देखिन्छ।

एन आर एन ए नेदरल्याण्डका अध्यक्ष श्रीराम कंडेल ( भिडीयो तल उपलब्ध गराएको छु हेर्नु होला ) ले संस्थागत मर्यादा भन्दा बाहिर जान मिल्छ ? संस्थागत मर्यादा भन्दा बाहिर जाने जो कोही कार्वाहीको दायरा भित्र पर्छ कि पर्दैन ? के संस्थाको परिकल्पना यस्तै कार्यकालागी गरिएको हो ? यसको मुल मर्म र उद्देश्य यही हो ? यदी राजनिती गर्ने इच्छा जागेमा संस्थाको जिम्मेवारी बाट मुक्त भएर जानु पर्दैन ?

राजा फर्काउन बिदेशदेखि नेपाल आएका श्री राम कँडेल रिसले आगो, नेताभन्दा राजा ठिक भन्दै कुर्लिए
GUEST: SHREE RAM KANDEL HOST: YUB RAJ KHATRI CAMERA/EDIT: DEEPESH BEA STA PRODUCTION: PNP MEDIA PVT LTD कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे …
www.youtube.com

नेपाली सेनाको हड्डीमा रगत बग्दैन, २०० नेतालाई गोली हान्न सक्दैन ? SHREERAM KANDEL
GUEST: SHREERAM KANDEL HOST: ROSHAN GHARTI MAGAR CAMERA/EDIT: DEEPESH BEA STA PRODUCTION: PNP MEDIA PVT LTD कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे …
www.youtube.com

अब रबि लामिछाने राजनीतिमा आउदै भावि प्रधानमन्त्री ? सबै नेताहरुको समाप्त हुदैछ SHREERAM KANDEL ।
कृपया हाम्रो Youtube Channel लाई Subscribe गर्नुहोस। भिडियाे मन परेमा LIKE, SHARE & COMMENT गर्नुहोस। यस Youtube Channel मा रहेकाे कुनै पनि भिडियाेहरू Download गरी अन्य Channel मा …
www.youtube.com

https://www.facebook.com/srikandel/videos/1015832376647169

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु