२०७७ फागुन १४ गते शुक्रवार | February 26, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ एनआरएनए कतारद्वारा नेपाली श्रमिकलाई लक्षित गरी सचेतनात्मक कार्यक्रम सम्पन्न

एनआरएनए कतारद्वारा नेपाली श्रमिकलाई लक्षित गरी सचेतनात्मक कार्यक्रम सम्पन्न

कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतारले सचेतनात्मक कार्यक्रम २०२१ शुक्रबार सफलता पूर्वक सम्पन्न गरेका छ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउनको निम्ति संघले भर्चुअल (जूम)माध्यमबाट सचेतनात्मक कार्यक्रमको आयोजना गरेको थियोे।

केही समयअघि कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकहरुको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो।

नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ। त्यस्तै खानाका लागि प्रति महिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकहरुले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएको छ।

यस्तै रोजगारदाता मन नपरेको अवस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदात परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएकाे छ।अन्तरक्रियामा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ प्रमुख अतिथि कतारस्थित नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाल,आईसीसी अग्रजहरु, वैचारिक संघ- संस्थाका प्रमुख ज्यूहरु सहभागी थिए।

त्यस्तै पत्रकार ज्यूहरु, समाजिक एवं धार्मिक संघ संस्थाका प्रमुख ज्यूहरु, प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी तथा समाजका अगुवा साथीहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारी एव सदस्यहरु तथा नेपाली दाजु भाइ एवं दिदीबहिनीहरु लगायत पञ्जिकृत सदस्यहरुको उपस्थिति रहेको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराउनु भयो।

यस कार्यक्रमलाई सफल बनाउनको निम्ति सहभागी हुनु भएका सम्पूर्ण सहभागीहरुलाई उनले अभार प्रकट गरेका छन्।साथै यस विषयमा केही अझै नजानेका कुराहरू एनआरएनए एनसीसी कतारको अधिकारिक ईमेलमा आफ्नो जिज्ञासा् पठाउन अनुरोध समेत गरेका छन्।यहाँहरुले राखेको जिज्ञासा् सम्बन्धित मन्त्रालयबाट जानकारी लिएर उत्तर दिने बताए।

कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन्। नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकहरुका लागि निकै महत्वपूर्ण रहेको एनआरएनए कतारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु