२०७७ फागुन १२ गते बुधवार | February 24, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ अर्घाखाँची समाज जापानद्वारा मृर्गौला पीडित रानालाई आर्थीक सहयोग

अर्घाखाँची समाज जापानद्वारा मृर्गौला पीडित रानालाई आर्थीक सहयोग

अर्घाखाँची समाज जापानले मृर्गौला पीडित अलिसा रानालाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग गरेको छ।समाजले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि आर्थिक सहयोग गरेको हो।

शुक्रबार समाजको प्रतिनिधित्व गर्दै अर्घाखाँचीका विकास जिसीले रानालाई हस्तान्तरण गर्नुभएको थियो। विगत केही समय देखि दुवै मृर्गौलाको समस्याबाट ग्रसित उनको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार भैरहेको पारिवारीक श्रोतले बताएको छ।

पारिवारीक अवस्था कमजोर भएको र मृर्गौलाको उपचार महंगो हुने भएकोले परिवारले अर्घाखाँची समाज जापानलाई सहयोगका लागी अपिल गरेको थियो।

परिवारको अपिललाई ध्यानमा राख्दै समाजका कोषाध्यक्ष टोपबहादुर घर्तीमगरको संयोजनमा समाजले आर्थीक संकलन अभियान संचालन गरेको थियो। उक्त अभियानमा विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहनुभएका अर्घाखाँचीबासी नेपालीहरुले सहयोग गर्नुभएको थियो।

समाजका अध्यक्ष बाबुराम पौडेलले कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो गाँस काटेर सहयोग गर्नुभएकोमा सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको भयो।

अध्यक्ष पौडेलले जिल्लामा आईपर्ने समस्यालाई आफ्नो समस्या सम्झी समाजको स्थापनाकालदेखिनै विभिन्न खालका सहयोग गर्दै आएको बताउनुभयो।संकलित रकम समाजका संरक्षक नेत्र बिष्टको उपस्थितिमा फोरेक्स जापानको सिनओकुबु शाखाबाट पठाईएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु