२०७७ फागुन १० गते सोमवार | February 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ ईनास नेदरल्यान्ड्सको नवौं वार्षिक साधारणसभा सम्पन्न

ईनास नेदरल्यान्ड्सको नवौं वार्षिक साधारणसभा सम्पन्न

नेपाली भाषा, संस्कृति र भेषभुषाको प्रवर्द्धन गर्दै अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन अहम भूमिका निर्वाह गर्दै आएको ईनास संसारको ७३ राष्ट्रमा आफ्नो संजाल फैलाई सकेको छ। सन २०१२ मा स्थापित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास ) नेदरल्याण्ड्स सस्थापक राष्ट्र हो।

भाषा, संस्कृती र भेषभुषाको संरक्षण र प्रवर्द्धनका लागि अहम भूमिका खेलेको इनास नेदरल्याण्ड्सले फेब्रुवरी १ तारिखका दिन नवौं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ।

कार्यक्रमको प्रमुख आतिथ्यता अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ( इनास ) का सस्थापक अध्यक्ष पुष्प बरुवालको र उपाध्यक्ष सरिता हुमागाइको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा सम्पन्न भएको हो।

त्यसैगरि बिशिस्ट अतिथी एन आर एन ए नेदरल्याण्ड्सका सस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक शशी पौडेल, बिशेष अतिथिहरु क्रमस: एन आर एन ए आइ .सि सि. युरोप संयोजक नारायण आचार्य, युवा संयोजक हिमाल गुरुङ, आइ .सि .सि सदस्य मनोहरी शर्मा, पुर्व आइ. सि. सि सदस्य फडिन्द्र पन्त, नेपाल पत्रकार महसंघ युरोप शाखाका कावा महासचिव द्रोण रिजाल,एन आर एन ए नेदरल्याण्ड्सका बरिस्ठ उपाध्यक्ष मिम पुर्जा,महासचिव संघर्शसिल केसीको सहभागिता थियो।

त्यस्तै महिला संयोजक राधा देबी कंडेल,बागलुङ समाजका अध्यक्ष थानेश्वर कंडेल, प्रवासी नेपाली एकता मंचका महासचिव थानेश्वर गौतम, जन सम्पर्क समिती नेदरल्याण्ड्सका सभापति प्रेम जंग गुरुङ, नेपाली भाषी इन्जिनीयर एसोसियसनका अध्यक्ष डि .पी मैनाली, भुटानिज कम्युनिटीका अध्यक्ष आईमान समाल, तामाङ समाज नेदरल्याण्ड्सका अध्यक्ष पेमा लामा, नेपाल घर नेदरल्याण्ड्सकी अध्यक्ष बन्दना अधिकारी, नेपाल समाज नेदरल्याण्ड्सका पुर्व अध्यक्ष राम बुढाथोकी, अध्यक्ष नारायण रिसाल, इनास फ्रान्सका अध्यक्ष प्रबिण सापकोटा र इनास बेलायतका महासचिव मनिष श्रेष्ठ लगायत विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो।सस्थाको प्रगती र आर्थिक विवरण प्रस्तुत गर्दै सचिव इन्द्र कंडेलले कार्यक्रम संचालन गरेका थिए।

इनास नेदरल्याण्ड्सको भाबी कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष निशान सापकोटाले आगामी दिनहरुमा सहभागि सम्पूर्ण संघसस्थाका प्रतिनिधिहरुले सहकार्य गर्नका लागि बचन दिएको सन्दर्भमा आफुलाई अरु थप प्रेरणा मिलेकोमा खुशी व्यक्त गरेका थिए। अन्तमा उपाध्यक्ष चन्दना खड्काले सम्पूर्ण सहभागी अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु