गृहपृष्ठ म्यानमारको सैन्य कू असफल बनाउन विश्व समुदायसँग अपिल
म्यानमारको सैन्य कू असफल बनाउन विश्व समुदायसँग अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुर्टेसले म्यानमारमा भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन्। चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताए।
कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुर्टेसको भनाइ छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ। तर, चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ।