२०७७ फागुन १९ गते बुधवार | March 03, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ प्रदेशमा कोरोना पीडितको व्यथा

प्रदेशमा कोरोना पीडितको व्यथा

विकास यस्ता व्यक्ति थिए…

विकास पश्चिम नेपालका एक युवा हुन्। हिस्सि परेकाे अनुहार ,झुप्प पालेकाे दाह्री , हल्का राताे रंगले रंग्याएकाे कपाल निकै भद्र र शालिन देखिन्छन्। थाेरै बाेल्ने र नम्र बाेलि भएका विकास करिब ३ बर्ष अघिदेखि पाेर्चुगल बसाेबास गर्दै आएका थिए। पहिलाे कार्ड प्राप्त गरे पछि नेपाल गएका उनी काेराेना कहरकाे कारण लामाे समय नेपालमै राेकिन बाध्य भए।

लामाे समय नेपाल बसाइँ पछि उनी पाेर्चुगल आएकाे करिब करिब ४/५ महिना भयाे। उनी नेपालबाट फर्केपछि कहिलेकाहीँ पार्टटाईम बाहेक जागरि पाएका छैनन्। उनी नेपाल जाने बेला उनकाे कम्पनीले कन्ट्याक्ट् काटेकाे कारण फुन्दाे एप्लाई गर्नबाट पनि बन्चित भएका रहेछन्।

फजुल खर्च गर्ने कार्य ठिक हाेईन भन्ने धारणा राख्ने उनी काम हुने बेला हरेक महिना बैंकमा केही रकम जम्मा गर्दा रहेछन्।

जब दु:ख पर्छ तब प्रयाेग गरुला भनेकाे उक्त रकमनै अहिले प्रदेशमा जीवन निर्वाह गर्न काम लागेकाे बताउने उनी कसैले आफुलाई सहयाेग गरेन भन्नेे गुनासाे गरेनन्। उनले भने याे संक्रमणकालिन अवस्थामा कसले कसलाई सहयाेग गर्नु र सबैकाे ब्यथा उस्तै र मिल्दाे जुल्दाे नै देखिन्छ।

उनी भन्छन: अहिलेे म जुुन पिडामा छु, प्राय सबै जना यस्तै पिडाकाे सामना गरिरहनु भएमाे छ हाेला। त्यसैले मलाई काेहि प्रति केही गुनासाे छैन।

सके सबैले सबैलाई सहयाेग गराैं तर काेहिकसै प्रति असहयाेग चाहिँ जीवनमा भुलेर पनि नगराैं। उनी भन्छन: म आजसम्म कसैलाई सहयाेग गर्न नसकेकाेमा आत्मग्लानि भन्दा पनि अरुप्रति असहयोग भाव नराखेकाेमा आत्मसम्मान गर्दछु।

उनीसँग मेराे निरन्तर सम्वाद भईरहन्थ्याे। हामी त्यति नजिककाे सम्बन्धकाे नभए पनि उनकाे असल चरित्रकाे कारण म उनी सँगकाे सम्वाद लाई निरन्तरता दिईरन मन लाग्थ्यो। तर पछिल्लाे दुई हप्ता जति उनी र म बीच खासै राम्रो सम्वाद हुन सकेन । म बेला- बेलामा कल गरिरहन्थे । प्रायःजसो उनी कल रिसिभ नै गर्दैन थिए भने रिसिभ गरिहाले पनि छाेटाे कुरामै बिटमार्न चाहान्थे।

उनकाे यस्ताे एक्कासि देखापरेकाे ब्याबहारले मलाई निकै आश्चर्य बनाईरहेकाे थियाे। त्यति मिठाे बाेलि तथा नम्र बाेलिका धनी भद्र तथा शालिन व्यक्ति आज किन यस्ताे ब्यबहार देखाईरहेका छन ? याे म भित्र मलाईनै साेधिरहने निरन्तर प्रश्न भईरहेकाे थियाे। विगत दुई हप्ता देखि मनमनै गुन्जिरहेको थियो।

हेरक दिनजसाे के छ दाजु ? भन्दै आँफै फाेन गर्ने विकास आजभाेलि किन म सँगकाे कुराकानीबाट तर्किरहेका छन्? याे निकै रहस्यमय लागिरहेकाे थियाे। पाेर्चुगलमा बढ्दाे काेराेना संक्रमण र लकडाउनकाे कारण उनीसँग भेट हुने कुनै सम्भावना थिएन। सायद नर्मल अवस्था भएकाे भए म उनकाे रुमसम्म पुग्ने थिए हाेला।

आज बिहान म सुतिरहेकाे थिए , फाेनकाे घन्टि बज्याे। फाेन हेर्दा उक्त कल अरु कसैकाे नभएर प्याराे मान्छे विकासकै रहेछ ।मैले कल उठाए, दाजु नमस्कार भन्दै थिए उनले, मैले पनि नमस्कार प्याराे भाइ भन्दै कुुराकानिकाे सुरुआत गर्यौ। सन्चाे -बिसन्चाे पछि उनलाई मैले साेधे: बाबु तिमिलाई आजभाेलि के भाछ, किन बाेल्न पनि खाेज्दैनाै , केही समस्यामा छाै भने भन सामधान गर्ने प्रयास गराैला, मैले यत्ति के भनेकाे थिए , उनले निकै लामाे श्वास ताने।

त्यसपछि उनले भने:

मेराे बारे याे अवधिमा धेरै चिन्ता व्यक्त गर्नु भएकाेमा धन्यवाद ,मलाई लाग्छ सायद म थाहै नपाईकन काेराेना जित्न सफल भए हाेला दाजु। उनकाे याे कुरा सुनेपछि म छागाबाट खसेझै भए र भने केरे केरेे बाबु के भनेकाे ? उनी फेरी दाेहाेराउँदै भने: “मैले काेराेना सँगकाे लडाइँ एक्लै जिते दाजु , करिव दुई हप्ता बढिकाे लडाइँसँगै मैले उसलाई जितेकाे छु। अहिले म पूर्णरुपमा स्वस्थ छु दाजु-उनले भने”।मैले साेधे अनि चेक गराउन गयाैं त बाबु! उनले भने: “नाई दाजु , मराे शरिरमा देखिएका लक्षणहरु हेर्दा सबै काेराेनासँग मिल्दाेेनै थिए , म आफुलाई काेराेनानै भएकाेमा विस्वस्थ थिए।

त्यसैले म पूर्ण सुरक्षा सहित हाेम आईसाेलेसनमा बसे र अन्तत: सफल भए”। उनी भन्दै थिए: “रुघाखोकी लाग्ने , उच्च ज्वराे आउने , खाना रुचि नहुने , खानाकाे बास्ना नाक बाट भित्र छिर्याे कि बान्तानै हाेला जस्ताे हुने,दिनमा भन्दा रातमा उच्च ज्वराे आउनेे , हात खुट्टा पाेल्ने ,टाउकाे छाति बेस्सरी दुख्नेे ,आखाका नानिहरु खस्लानझै हुने , शरीर थिलाे थिलाे परेझै गरि दुख्ने ,आफ्नाे शरिरका अंगहरु आफैलाई भारि हुने , पानीकाे गिलास समेत उठाउने हिम्मत नआउने, शरिरका प्रत्येक भागहरु निकै दुख्ने, यी र यस्ता लक्षणहरु करिब १०/११ दिन सम्म देखापर्याे। प्रत्येक ८/८ घन्टामा सिटामाेल , खाेकिकाे आैषधिकाे सेवन , ज्वानाे अदुवा, ताताे बेसार पानीकाे निरन्तर सेवन गरिनै रहे।

उनी निरन्तर भन्दै गए:

“राति निकैै गाह्राे हुन्थ्यो ,उठेर बिस्तारामा बस्थे ,एक्लै रुन्थे ।हरेक जसाे रातमा एक्लै बसेर रुन्थे , साेच्थे मलाई केही भईहाल्ने हाेे कि घरमा बाबाआमाकाे निकै याद आउथ्याे। आत्मबल बढाउदै भन्थे अरु कुनै राेगहरु छैन ,स्वास्थ सुरक्षा अपनाएकै छु, पक्कै जित्छु काेराेनालाई । अनि कहिलेकाहि रातमा उच्च ज्वराेले आत्तिएर घरबेटीलाई बाेलाउ कि भन्ने साेच्थे तर घरबाटै निकाल्ने हुनकि भन्ने डरले त्यसाे गर्दिनथे।

उहाँहरुलाई थाहा नदिए पनि सुरक्षामा निकै ध्यान दिन्थे , उहारुसँग भेटघाट हुदैनथिए। जे बस्तु छुन्थे त्यसलाई तुरुन्तै सेनिटाइज गरिहाल्थे ।घरमा एउटा सानाे बाबु थिए। मेराे सानाे कमजाेरिले बाबुलेे ठुलाे मूल्य चुकाउनु पर्ने हुनसक्छ भनेर म मेराे हेरक पाईला पाईलामा सचेत हुन्थे ।

त्यो करिब १०/११ दिनकाे पीडा सम्झदा अहिले पनि मुटुुकाे धड्कन बढ्छ। काराेना सामान्य राेग हुदैरहेन छ। याे त एउटा साक्ष्यात मृत्यु नै रहेछ। अहिले म काेराेना भन्ने शब्द सुन्याे कि निकै तर्सिन्छुु।

बरु भाकै बस्छु तर काेराेनासँग हेलचेक्राइ गर्दिन। अहिलेे पाेर्चुगलमा काेराेनाकाे जाेखिम उच्च छ , पछिल्लो समय काेराेना संक्रमितकाे सख्या घटेजस्ताेे देखिए पनि म जस्तै संक्रमितहरु प्रसस्त हुन सक्दछन्।हाम्राे नजिकै काेराेना भाईरस डुलिरहेकाे छ। काेराेना सामान्य हुँदै रहेनछ। यसबाट मुक्ति पाउन निकै कष्टकर दिनहरुसँग जुध्नुपर्दाेहरेछ। त्यसैले दाजु हजुर पनि निकै सचेत रहनु हाेला। यसकाे पीडा मैले भाेगे र त म भनिरहेकाे छु: दाजु याे सामान्य राेग हुदैरहेनछ।

यसले हाम्राे शरिरका अधिकांस भागहरुमा असर पुर्याउने हुनाले याे अझ जटिल राेग रहेछ।दाजु सदैब सजग रहनुहाेला।पहिले सबैले जीवन बचाउ अनि अरु साेचाैला भन्दै थिए उनी । सायद उनी र म बीचकाे सम्वादमा उनी मात्र धेरै बाेलेकाे याे पहिलाे सम्वाद थियाे हाेला। उनी निकै आत्तिएका थिए। भन्दै थिए: सबैजना निकै सचेत बनाै, सजक बनाै , हेलचेक्राइ किमार्थ नगराैं।जय देश जय नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु