गृहपृष्ठ केन्द्रको अभिलेखमा युरोप शाखामा केजिन राई अध्यक्ष छन्, अम्माईलाई केन्द्रले चिन्दैन:केन्द्रीय अध्यक्ष आचार्य
केन्द्रको अभिलेखमा युरोप शाखामा केजिन राई अध्यक्ष छन्, अम्माईलाई केन्द्रले चिन्दैन:केन्द्रीय अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघ युरोप शाखाका वर्तमान अध्यक्ष केजिन राईनै आधिकारिक र प्रमाणित अध्यक्ष भएको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएका छन्।
बाहिर कसले कसलाई अध्यक्ष बनाउछ र घोषणा गर्छन्।उक्त बिषयमा केन्द्रको चासो नरहने आचार्यले प्रष्ट पारेका छन्।केद्रमा अभिलेख अनुसार राईनै सस्थागत अध्यक्ष भएको हामीलाई थाहा छ।
डिल्ली अम्माई वरिष्ठ उपाध्यक्ष भएको उल्लेख छ।उक्त दायरा भन्दा केन्द्र बाहिर जान नमिल्ने आचार्यको तर्क रहेको छ।एक संचारक्रमीको जिज्ञासामा आचार्यले सो कुरा बताएका हुन्।
हेरौ आचार्यको भनाई जस्ताकोतस्तै–
अध्यक्ष ,अधिवेशन र सदस्यता सन्दर्भमा आचार्यको भनाई:केन्द्रमा युरोप शाखाको अध्यक्ष केजिन राई भनेर अभिलेख छ। अरुलाई चिन्दैन ”अधिवेशन हुनु भन्दा ६ महिना अघि सदस्यताको आबेदन गर्ने प्रक्रिया रोकिन्छ।त्यस अघि जोसुकैले आबेदन हालेर सदस्यता माग्न गर्न सक्छ। कसैले मागेर नपाएको अवस्थामा केन्द्रमा पुनरावलोकनकालागि आव्हान गर्न सक्छ।
”अधिवेशन नियम अनुसार दुई तिहाई सदस्यले विशेष अधिवेशन आव्हान गर्नसक्ने र प्रक्रिया अनुसार हटाउन सक्नेपनि पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले बताए। उनले भने “हामीले कोकोले बिज्ञप्ती दियो भनेर हेर्ने होइन। महासंघको विधान अनुसार प्रक्रिया पुर्याएर आउनुपर्यो। त्यसरि आएको छैन “।
श्रोत:नेपाल प्लस.कम