२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ फेसबुकले अस्ट्रेलियामा समाचार सामाग्री शेयर गर्न लगायो बन्देज

फेसबुकले अस्ट्रेलियामा समाचार सामाग्री शेयर गर्न लगायो बन्देज

अब अष्ट्रेलियाली प्रयोगकर्ताहरुले फेसबुकबाट समाचार पढ्न र शेयर गर्न नपाउने भएका छन्। फेसबुकले अष्ट्रेलियामा रहेका प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा समाचार पढ्न र शेयर गर्न रोक लगाएको हो।

फेसबुकको यो निर्णय गुगलको नयाँ निर्णयसँगै आएको हो। गुगलले आफ्नो प्लेटफर्ममा समाचार समेट्नका लागि विशाल मिडिया कम्पनी न्यूज कर्पलाई रकम तिर्ने सहमति गरेसँगै फेसबुकले आफ्नो निर्णय सार्वजनिक गरेको छ।बीबीसीका अनुसार बिहिबार बिहान अष्ट्रेलियनहरु उठ्दा स्थानीय र अन्तर्राष्ट्रिस सञ्चारमाध्यमका पेजहरु देख्न सकेनन्।

बिहिबार केही स्वास्थ्य, आपतकालीन र अन्य पेजहरु पनि ब्लक गरिएको प्रयोगकर्ताहरुले पाए। तर पछि फेसबुकले गल्तीले समाचारबाहेकका पेजहरु पनि ब्लक भएको भन्दै समाचारबाहेकका अन्य पेज खुला गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु