२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ सर्वोच्च अदालतको फैसला पछि प्रवासी नेपालीहरुको धारणा

सर्वोच्च अदालतको फैसला पछि प्रवासी नेपालीहरुको धारणा

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सार्वजनिक गरे लगत्तै देश देखि प्रदेश सम्म र हरेक मिडिया देखि सामाजिक संजाल सम्म बिभिन्न किसिमका टिप्पणीहरू भईरहेका छन्।

जनताको जित भएको दिन भनी देशका कतिपय स्थानहरूमा त दिप प्रज्वलन गरी खुशीयाली मनाइरहेका तस्वीरहरू पनि सार्वजनिक भएका छन्। यसै बिषयलाई लिएर प्रवासमा बस्ने नेपालीहरूले पनि चिन्ता, चासो र खुशी ब्यक्त गरिरहेको देखिन्छ।

“म नेपाली हु मलाई मेरो देशको माया छ “भने जस्तै संसारको जुनसुकै भुगोलमा रहे पनि हरेक नेपालीलाई आफ्नो मातृभूमि प्राण भन्दा प्यारो लाग्दछ। देशमा भएका हरेक गतिविधिले प्रवासी नेपालीहरूको पनि अवश्य मन छुने गर्दछ।

सकारात्मक कार्य को प्रशंसा र नकारात्मक कार्यको लागी खबरदारी गर्ने आवाजहरू प्रवासबाट पनि निस्किरहेका हुन्छन्। पछिल्लो समय देशमा खल्बलिएको राजनीति को कारण चिन्तित बन्दै सर्वोच्च को फैसला को पर्खाईमा रहेका प्रवासीहरूले एक पछि अर्को गर्दै आ- आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

यही बिषयलाई लिएर सामाजिक संजालमा पोष्ट भएका बिचारहरुलाई नियाल्दा मिश्रित आवाजहरू भेट्न सकिन्छ। सर्वोच्चको यो निर्णयले ईतिहास का विभिन्न कठिन परिस्थितिहरू मा झै फेरी एक पटक नेपालको अदालत सबै प्रकारका धम्की र दबाबहरू बाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ भन्दै सर्वोच प्रति सम्मान ब्यक्त भईरहेको छ। अर्को तिर सर्वोच्च अदालतको फैसला लाई सम्मान पूर्वक ग्रहण गरेपनि यो निर्णय देश र जनताको निम्ति राम्रो नहुने तर्कहरू समेत आईरहेका छन्।

देश अब कता तिर जान्छ ? अब के हुन्छ ? भन्ने प्रश्न सबैमा उब्जिएको देखिन्छ। कतिपयलाई जुन जोगी आए पनि कानै चिरेको भने जस्तै कुर्चीकै मोह का कारण देशको अबस्था यस्तो भएको हो यसर्थ सत्ता मा जो आए पनि मतलब नभएको भन्ने बुझिन्छ।

दुखी गरीब उत्पीडित र पिछडिएका बर्गको आवाज हराएकै छ। दुरदराजमा रहेकाहरूको आवाज कसले सुन्ने जनताको जित त भएकै छैन यसर्थ “कागलाई बेल पाक्यो हर्ष न बिस्मात ” भन्दै राजनीतिक बाताबरण ले निराशापन छाएको अभिब्यक्ती भेटिन्छ।

केही प्रवासी नेपालीहरूको फेसबुक बाट साभार गरिएका अभिब्यक्तीहरू यस्ता छन् ।प्रवासी नेपाली एकता मञ्च अमेरिका का केपी गुटका अध्यक्ष प्रभु थापालेख्नु हुन्छ:

सर्वोच्च अदालतको फैसललाई सबैले सम्मान गरौ !!!मुलुकमा अव हुने अराजनितिक गतिविधि र अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यताका साथ अघि बढौं अन्तिम न्यायाधीश जनता हुन सम्मानिय प्रधानमंत्रीले राजिनामा नदिई सॉसद फेस गर्नु मुलुकको आवश्यकता हो !!! निर्णय अदालतको हो देशको निकास त राजनीतिक निर्णयले मात्रै गर्दछ।सर्वोच्चको निर्णयले देश चल्ने होईन देशत राजनीतिक निर्णयले चल्ने हो अव हेर्नु छ: पुनर्स्थापनाको निर्णयमा विजय उत्सव मनाउनेहरूले देश र नागरिकको पक्षामा कस्तो वाटो लिन्छन खेल वल्ल शुरू भयो गोल आत्मघाती/मुलुकघाति हुन्छन कि सही हेर्न बाँकी छ।

माधव प्रचण्ड गुटका नेता टेक गुरुङ को तर्क

प्रतिगमनकारी कदमलाई ठुलो ढक्का पुगेको दिन
संघिय नेपालको घॉटी रेट्ने केपी प्रवितीले लोक्पा खाएको दिन
ओली बाको झुटको खेतीको पर्दाफ़ाश भएको दिन
संघीय नेपाललाई थप व्यवस्थित गर्ने अवसार पाएको दिन
सम्पुर्ण नेपालीहरुलाई हार्दिक वधाई !!!
केपी वा अव खुरुक्क वालकोट गएर वसेमा राम्रो
दुईचारवटा साईवर स्यालहरुलाई जम्मा गरेर
उखान टुक्का सकंलन गरेर एउटा किताब प्रकाशित गरेको राम्रो।

त्यस्तै केपी गुटकै बेलायतका अध्यक्ष भक्त गुरुङ को तर्क यस्तो रहेको छ:

प्रिय साथिहरु, नेपालमा सर्वोच्च अदालतले संसारभरिका संसदीय अभ्यास, परंपरा र नेपालको जनताको भावनालाई नबुझी केवल संबिधानको अक्षरलाई मात्र समातेर संसद पुनस्थापनाको निर्णय गरेछन्। परंपरागत ढर्रामा अल्झेको अदालतले यसो गर्छन् भन्ने लागे कै थियो।

सेटिङ आदि भनेर झुटको खेती गर्नेहरुले केपी ओली देश र जनताप्रति कति ईमान्दारितापुर्वक लागेको थियो भन्ने स्पष्ट जवाफ पनि पायो होला। अब ति प्रतिक्रियाबादीहरुले बिदेशमा लम्पसार पर्ने सेटीङमा सरकार बनाउलान्। हामी अबको दुईबर्ष सरकारले गरेका र गर्न चाहेका सारा राष्ट्रबादी कदमहरुलाई जनताकोबिच लिएर जाने र आउँदो चुनावबाट स्पष्ट दुई तिहाईसहितको जनप्रिय सरकार बनाउने हो, नेपाली जनताको सदियौंदेखिको सपना पुरा गर्ने हो।

सबै एकजुट भएर, अझ सुदृढ भएर, सुद्धिकृत भएर उच्च मनोवलकोसाथ अघि बढौं। सत्य र न्यायको जीत अदालतबाट होईन जनताबाटै हुनेछ। सबै त्यसको तयारीमा लागौं।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल ,पोर्चुगल का बर्तमान अध्यक्ष मदन लिम्बु, हेमराज सुवेदी प्रवासी नेपाली एकता मञ्च पोर्चुगल का पूर्व अध्यक्ष गोविन्द पौडेल, लगायतले जनताको जित अदालतबाट होइन जनताबाट नै हुनेछ भन्दै आ आफ्ना तर्कहरू राख्नु भएको छ। पोर्चुगल बाट पत्रकार योगेन्द्र मिलन छन्त्याल ले पोष्ट गर्दै दुरदराजमा रहेका पिछडिएका वर्गहरूको आवाज कसले सुन्ने भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ।

प्रवासमा रहेर नेतृत्व गरिरहेका नेताहरू प्रवासबाट नै कलम चलाई रहेका पत्रकारहरू , सर्व साधरण नागरिकहरू सबैलाई यति बेला देशमा अब के हुन्छ ? कसरी अगाडि बढ्छ भन्ने कुरा ले पिरोलिरहेको छ। सबैको फेसबुक रंगीन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु