गृहपृष्ठ चर्चित गायक एवं सर्जक नरेश खातीको गीत आउन ओर ओर बजारमा,चर्चा बटुल्दै
चर्चित गायक एवं सर्जक नरेश खातीको गीत आउन ओर ओर बजारमा,चर्चा बटुल्दै

नरेश खाती र मेक्सम खाती बजारमा चलेको नाम।यी दुबैको नाम पछिल्लो समय चर्चाको शिखरमा छ।यो जोडिको गीतमा लोकपारखिहरु झुम्ने गर्छन्।न कुनै भेदभाव न कुनै असमानता।सबैका लागि उत्तिकै प्रेमिला गीत….दाजु भाईको जोडी निकै जमेको जोडी हो यो।
केही समय मेक्सम खाती क्षेत्री विदेश लागेपछि दुईको सहकार्य केही समय ओझेल परेपछि सँगै जोडिएर नया गीतको प्रतीक्षा दर्शकले गरेका थिए। त्यो प्रतीक्षाको घडी पुरा भएको छ।अहिले दुबैको सहकार्यमा आउन ओर ओर बजारमा आएको छ।
लोकप्रिय गायिका समिक्षा अधिकारी र मेक्सम खाती क्षेत्रीले आवाज दिएको उक्त गीतमा नरेश खाती क्षेत्रीको शब्द र लय रहेको छ।
मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत एक प्रेमी प्रेमिका बिचको साचो प्रेमलाई जोडेर बनाइएको छ भने प्रेमी प्रेमिकाको कहानीको यथार्थ पक्ष भिडियोमा देखाइएको छ।
निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा गायक मेक्सम खाती,चर्चित मोडल प्रीन्सी खतिवडा र प्रीज्मा खतिवडाको उत्कृष्ट अभिनय देख्न पाइन्छ।