गृहपृष्ठ बागलुङ समाज पोर्चुगल सहयोगी अभियानमा निरन्तर जोडिदै,समाजको सक्रियतामा पीडितलाई आर्थिक सहयोग
बागलुङ समाज पोर्चुगल सहयोगी अभियानमा निरन्तर जोडिदै,समाजको सक्रियतामा पीडितलाई आर्थिक सहयोग
सहयोगी हात बढाउदै बागलुङ समाज

विगत २ बर्ष देखी दुबै मृगौला फेल भई उपचारको क्रममा रहेका बागलुङ नगरपालिका १३ निवासी ३२ बर्षका रामचन्द्र बोहरालाई बागलुङ समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ।
केही बर्षदेखि पोर्चुगलमा क्रियाशील बाग्लुङ समाज र बलेवा समाजको नेतृत्वमा सहयोगी दाताहरूबाट सकंलित दुई लाख छब्बीस हजार पाँच सय पच्चीस रूपैयाँ नेपाल पठाईएको समाजका अध्यक्ष प्रेम खड्काले बताउनु भयो।
पठाईएको रकम सम्बन्धीत वडाका वडा अध्यक्ष तथा अन्य व्यक्तीहरूको उपस्थितिमा पीडितलाई हस्तान्तरण गरिएको छ। समाजका सल्लाहकार सूर्य हमालले अभियानमा साथ दिने सबै सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नु भयो।
त्यस्तै बागलुङ बुर्तीबाङ निवासी फरक क्षमता भएका युवराज कँडेलको छोरा भरत कंडेलको उपचारको लागी पनि सहयोग रकम प्रदान गरिएको छ।
बागलुङ समाज पोर्चुगल र ज्ञानु गौतम शर्माको नेतृत्वमा पोर्चुगल र नर्वेबाट सकंलन भएको तीन लाख बयालीस हजार सात सय सन्ताउन्न रूपैयाँ पीडित युवराज कंडेलको खातामा जम्मा गरिएको ज्ञानु गौतम शर्माले सामाजिक संजाल मार्फत सार्वजनिक गर्नु भएको हो।
कोभिड-१९ को सामना गरिरहेको यो बिषम परिस्थितिमा पनि सहयोग अभियानमा जोडिएर रकम प्रदान गर्नु हुने सम्पूर्ण सहयोगीहरू प्रति संस्थाले आभार व्यक्त गरेको छ।