२०७७ चैत ३१ गते मंगलवार | April 13, 2021

Bharat Poudel

गृहपृष्ठ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गृहमन्त्रीलाई भने:३ बुदे सम्झौता तत्काल पालना गरौं

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गृहमन्त्रीलाई भने:३ बुदे सम्झौता तत्काल पालना गरौं

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न दवाव दिएका छन्।

शान्तिपूर्ण राजनीतिमा आउन सहमत महासचिव ‘विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि बादलको ध्यानाकषर्ण गराएका हुन्।

विप्लवले आफू सार्वजनिक भएको र सरकारसँग सहमति गरेको भोलिपल्ट ‘बादललाई भेटेर खासगरी कारगारमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्ताका लागि तदारुकता देखाउन दबाब दिएका हुन्।

बादलका प्रेस संयोजक किरण भट्टराईले विप्लव र गृहमन्त्री बादलबीच पछिल्लो सम्झौता र आगामी राजनीतिक कोर्षबारे छलफल भएको पुष्टि गरे। भट्टराईका अनुसार सरकारसँग भएको शान्ति सम्झौता अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र मुद्दा फिर्तामा विप्लव केन्द्रित थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु