२०७८ जेठ ३१ गते सोमवार | June 14, 2021

Bharat Poudel

गृहपृष्ठ नारीहरु एकजुट हुन सिकौं,अन्याय र अत्याचार विरुद्ध जुध्न सिकौं,आपसी सद्भावना कायम राख्न सिकौं

नारीहरु एकजुट हुन सिकौं,अन्याय र अत्याचार विरुद्ध जुध्न सिकौं,आपसी सद्भावना कायम राख्न सिकौं

मैले बुझेको नारी दिवस र नारी दिवसले दिन खोजेको संदेश

सोच्दै छु आज गाउमै जन्मिए, गाउमै हुर्किए, म सानै थिए त्यसैले पनि मैले बुझ्न सकिन कि वा बुझ्न र सुन्न सक्नेगरि महिला दिवसको आवाज मेरो कानसम्म पुगेन कि!

हुनत म भन्दा अगाडीका मेरा आमा, दिदी, भाउज्युहरुलाई त यसबारे ज्ञान हुनु पर्ने हो नि ! अह, उहाँहरू कहिले पनि महिला दिवसबारे जानकार भएको पाईन। जब म बुझ्ने र सुन्ने भए, त्यसपछि पनि लामो समय नारी दिवस कुन चराको नाम हो पत्तै थिएन।

किनकि पहिला यस्ता कार्यक्रमहरू गाउघरसम्म पुग्ने प्रचलन नै थिएन। कार्यक्रमहरू संचालन मात्र शहरका पाचतारे होटलहरूमा हुने गर्दथे। त्यो पनि औपचारिकतामा सिमित। पछिल्लो केही समय यता ग्रामिण भेगका महिलाले समेत सुन्न सक्ने आवाज फैलिन लागेको छ तर अलिकति पढेलेखेका र नेतृत्वदायी भुमिकामा रहेका महिलाले भन्दा अन्य महिलाहरूले बुझ्न सक्ने गरी आवाज अझै पुग्न सकेको छैन।

कसरी भयो मार्च ८ को सुरुवात ? छोटो जानकारी:

सन् १७८९ अक्टोबर ५ र ६ मा पेरिसका श्रमजीवी महिलाहरूले रोटी र महंगीको विरोधमा निकै ठूलो प्रदर्शन गरेका थिए। त्यो प्रदर्शनमा फ्रान्सेली क्रान्तिको प्रभावमा पर्सियन महिलाहरूले भातृत्व, समानता र स्वतन्त्रताको माग गर्दै दरबार अगाडि प्रदर्शन गरेका थिए।

त्योनै विश्वमा महिलाहरूले गरेको पहिलो विरोध प्रदर्शन थियो। सन् १८३२ मा हल्यान्डका महिलाहरूले असमान व्यबहार , असमान तलब भत्ताको विरोधमा आन्दोलनमा उत्रिए। त्यस्तैगरि सन् १८३५ मा बोस्टनका श्रमिक महिलाहरूले १२ देखि १४ घन्टाको कामको विरोध गर्दै १० घन्टाको मात्रै काम माग गर्दै आन्दोलन शुरू गरे।

सन् १८६४ मार्च ८ को दिन पारेर कामको समय ८ घन्टा मात्रै हुनुपर्ने विषयलाई उठाउँदै न्युयोर्कस्थित कारखानाहरूमा महिलाहरूले व्यापक प्रदर्शन गरे।यसरी विरोधका साथसाथै सन् १८६४ मा अन्तर्राष्ट्रिय स्तरको श्रमिकहरूको संगठनको पनि माग राखे। अन्तराष्ट्रिय श्रमिक संगठनको स्थापना पछि त्यसको पहिलो अधिवेशनले महिलाहरूलाई घरभित्रको काममा मात्रै सिमित गराउने परम्पराको विरोध गर्दै महिलालाई पेसागत काममा प्रवेश गराउने विषयलाई पास गर्यो।

महिला कामदारमाथि श्रम क्षेत्रभित्र हुने श्रम शोषणको विरुद्ध सबै श्रमिकहरू सहित विशेष गरेर महिला श्रमिकहरू एक हुनु पर्दछ भन्ने मान्यता अनुरूप सन् १९९० मा महिला मताधिकार सम्बन्धि संगठनहरूले एक हुनुपर्ने आवश्यकता महशुस गरे।

अधिकारका लागि कार्यरत तर भिन्नभिन्न संगठनको निर्माण गरि फरक-फरक कार्य गरिरहेका यस्ता संगठनहरूले सहकार्यका लागि शक्ति आर्जन गर्न पर्दछ भन्ने महसुस गरि सन् १९९० मा महिला मताधिकार सम्बन्धि अधिकारलाई प्राथमिकतामा पारेर सहकार्य गर्न तयार भए।

त्यस बेला विश्वको श्रमजीवी आन्दोलन पनि दुई भाग मा विभाजित भइसकेको थियो। यसरी आफुहरू विभाजित हुदा आफ्ना अधिकार प्राप्त गर्न कठिन हुन्छ भन्ने महसुस महिला संगठनहरूलेनै पहिचान गरेर पुजीवादी तथा सर्वहारा सहित अन्य स्वतन्त्र रूपमा रहेका महिला संगठनहरू महिलाको मताधिकारको पक्षमा आन्दोलित भए। फलस्वरूप, सन् १८९३मा महिलाहरूले मताधिकारको अधिकार प्राप्त गरे।

सन् १८९२ देखि क्लाराजेट्किनको यस आन्दोलनमा सक्रिय भुमिका देखिन थाल्यो। क्लाराको नेतृत्वमा समानता नामक पत्रिका मार्फत महिलाहरूका अधिकारका विषयमा मागहरू राख्दै महिला श्रमिकहरूको आन्दोलन अगाडि बढ्यो।

सन् १८९७ मा महिलालाई उचित ज्याला र दैनिक १० घन्टा कामको माग गरियो। सन् १८८९ जुलाई १९ को दिन पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा क्लाराजेट्किनले महिलाहरूको समस्याहरूको सम्बोधनको विषयमा सम्बोधन गरिन्। क्लाराले सो सम्बोधनमा महिलाको अधिकार, आमा र बच्चाको संरक्षणको अधिकारका साथै महिलाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय क्रियाकलापमा सहभागिताको विषयमा पनि वकालत गरिन्।

त्यहीँ समयमा जर्मनको स्टुटगार्डमा महिला श्रमिकहरूको दोस्रो सम्मेलन भयो। त्यो सम्मेलनले क्लारालाई महासचिवको जिम्मेवारी दियो। सन् १९०८, ८ मार्चको दिन पारेर पुनः मताधिकारको माग गर्दै संघर्ष शुरू भयो।सन् १९०९ आठ मार्चमा शिकागो शहरमा लाखौंलाख महिलाहरू प्रदर्शनमा उत्रिए। प्रदर्शनको विरुद्ध व्यापक प्रहरी हस्तक्षेप र निर्मम दमन गरियो। झन्डै तीस हजार महिलाको कत्ले आम गरियो।

यसको विरोधमा सन १९१० मा क्लाराको नेतृत्वमा समाजवादी महिलाहरूको दोस्रो सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पन्न भयो। १७ वटा समाजवादी देशका राजनीतिक महिलाहरूको सहभागितामा सो सम्मेलनले आठ मार्चलाई महिलाहरूको संघर्षबाट प्राप्त उपलब्धिहरूको ऐतिहासिक दिनको रूपमा घोषणा गरे।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यतानै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्‍यो। सन् १९२० मा लेनिनले त्यसको आवश्यकताबारे एउटा लेख पनि लेखे।

त्यसपछि संसारभरका कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले। बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएपछि कम्युनिस्टले ल्याएका थुप्रै राम्रा नीतिहरू पुँजीवादीहरूले खोस्न थाले। पञ्चवर्षीय योजनालाई खोसेर पुँजीपतिले आफ्नो बनाए, जुन कम्युनिस्टहरूले रुसबाट सुरु गरेका थिए।

कम्युनिस्टहरूले निर्माण गरेका नयाँ चिजहरूलाई आफ्नो बनाउने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी शोषक वर्गका महिलाको पनि दिवसका रूपमा यसलाई प्रचार गर्‍यो। त्यहीँ सिलसिलामा नेपालमा पञ्चायतले पनि यसलाई मनाउन सुरु गर्‍यो र अहिले महिला पनि हराएर नारी भन्न थालियो। अन्य राष्ट्रहरुको तुलनामा नेपाली महिलाहरूमाथीको दृष्टिकोण र गरिने व्यवहारमा अझै फरक आउन सकेको छैन।

जबसम्म महिलालाई शैक्षिक आर्थिक सामाजिक र राजनैतिक रुपबाट शसक्त बनाउन सकिँदैन तबसम्म देशको बिकास सम्भब छैन भन्ने कुरा बुझ्न जरुरी देखिन्छ। कानुनमा ३३ प्रतिशतको अधिकार तोकिन्छ। हरेक तहमा महिला लाई जिम्मेवारी दिनु पर्छ भन्ने सोच बाट पछाडीनै रहेको पाईन्छ। पुरातनबादी हैकमबादी र पितृसत्तात्मक सोचले आज पनि समाज ग्रसित छ। हत्या, हिंसा, विभेद ,अत्याचार र बलात्कारका घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्।

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै गर्दा पनि देशका विभिन्न ठाउमा बलात्कार र एसिड प्रहारका घटनाहरू सार्वजनिक हुनु हदै सम्मको पिडादायी कुरा होईन र! बिकसित राष्ट्रहरूमा महिला र पुरूषमा कुनै पनि किसिमको विभेद पाईदैन, असुरक्षित भन्ने कतै भेटिदैन, साच्चिकै नारा अनुरुपको वास्तबिकता देख्न सकिन्छ। यसर्थ, लैंगिक समानता होईन, समतामुलक समाजको परिकल्पना गर्न सक्नु पर्छ।

दिवसहरू नारा र भाषणमा मात्र भन्दा पनि ब्यबहारिक तबरले सकारात्मक असर पर्ने गरि मनाउन सकियो भने कार्यक्रम ले सार्थकता पाउने छ। महिला आन्दोलनको यो ईतिहासले फुटेर होईन जुटेर नै सफलता हात पार्न सकिन्छ भन्ने प्रमाण पनि पेश गरेको छ।

यसर्थ सकिन्छ भने नारी हो एकजुट हुन् सिकौं, अन्याय र अत्याचारसँग जुध्न सिकौं, आपसी सहयोग र सद्भाबना कायम राख्न सिकौं, आत्मनिर्रभर हुन सिकौं, अनि मात्र मजबुत हुनेछौं। अन्यायका खातिर जुध्न सक्ने हुनेछौं । जय नारी दिवस !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु