गृहपृष्ठ १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले गर्यो भब्य कार्यक्रम
१११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले गर्यो भब्य कार्यक्रम

१११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा नेपाली महिला समाज पोर्चुगलले नेपाली महिलाहरुको लागि कानुनी परामर्श बिषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बरिष्ठ कानुन विद् राजेन्द्र शर्मा र महिला अधिवक्ता शारदा पौडेल नेपालले वर्तमान अवस्थामा नेपाली महिलाले भोग्नु परेको समस्या र कानुनी प्रावधानको अवस्था बारेमा चित्रण गर्दै सामाजिक तथा राजनीतिक प्रभावको कारण पनि महिलाका मुद्दाहरू उठाउन अप्ठ्यारो परेको औल्याउनुभयो।
साथै उहाँहरूले आज पनि महिलाहरू माथि घरेलु हिंसा ,दुर्ब्यबहार, बलात्कारका घटनाहरू तीब्र रूपले बढ्दै जानुको मुख्य कारण समाजमा महिला र पुरुष बीचको विभेदनै रहेको बताउँदै कानुनलाई प्रभाबकारी रूपमा उपभोग गर्न हरेक नागरीक सचेत हुनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा सहभागीहरूले समाजमा देखिएका समस्या र आफुले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोग्नु परेका समस्या सहित कानुननी उपचारको बारेमा जिज्ञासा राखेका थिएँ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले जब सम्म महिला शैक्षिक, सामाजिक, राजनीतिक, आर्थिक रुपमा शसक्त हुन सक्दैन तब सम्म हिंसात्मक गतिविधि नरोकिने बताउदै हरेक महिला आफैमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो।
बिशिष्ट अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले शुभकामना दिदै समय अनुसार सोचलाई परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो।त्यस्तै बिशिष्ट अतिथि एनआरएनए युकेका केन्द्रीय आईसीसी सदस्य रामशरण सिंमखडाले परम्परागत कुराहरूबाट माथी उठ्न जरुरी रहेको अभिब्यक्ती दिनु भयो।
त्यस्तैगरी पत्रकार महासंघ पोर्चुगल शाखा का सह संयोजक राजकुमार थापा, प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बु, नेपाली समाज पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा, नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष टंक खड्का, जनजाती महासंघ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, किराँत याक्थुङ समाजका अध्यक्ष दिपा लिम्बू, शेर्पा समाजका अध्यक्ष स्माइल शेर्पा लगायतका वक्ताहरूले शुभकामना दिदै कार्यक्रम उपलब्धीपूर्ण रहेको बताउनु भयो।
जुम प्रबिधिको प्रयोग गरी भर्चुअल रूपमा गरिएको कार्यक्रममा विभिन्न क्षेत्रबाट ८०जना भन्दा बढीको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष निर्मला ढकालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपाध्यक्ष माया खरेलले स्वागत मन्तव्य र सदस्य शोभा गिरीले धन्यवाद व्यक्त गर्नु भयो।संस्थाका महासचिव सरिता शर्मा र शान्ति अर्याल अधिकारीले कार्यक्रमको संचालन गर्नु भएको थियो।