गृहपृष्ठ पत्रकार महासंघ युरोप शाखाको ५३ औं शृङ्खलामा राजनीतिक महिला अधिकारकर्मिहरु
पत्रकार महासंघ युरोप शाखाको ५३ औं शृङ्खलामा राजनीतिक महिला अधिकारकर्मिहरु

नेपाल पत्रकार महासंघ युरोप शाखाले मार्च ९ तारिखका दिन ५३ औं शृङ्खला अन्तर्गत राजनीतिक तथा सामाजिक युवा महिला अभियन्ताहरु सँग सात्क्षात्कार गरेको छ।
१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गरेको लाइभ कार्यक्रममा बिवेकशिल साझा पार्टीकी प्रभावसाली महिला नेतृ साथै राजनीतिक युवा महिला अभियन्ता रन्जू दर्शना र पोलिटिकल लिट्रेसी फर वोमन कि अध्यक्ष साथै राजनीतिक तथा सामाजिक युवा महिला अभियन्ता प्रकृती भट्टराई बस्नेत सँग मार्च ८ तारिखको अन्तरराष्ट्रिय महिला दिवस राजनीतिक, सामाजिक अभियानमा युवा महिलाहरुको सहभागिता र कर्तब्य बिषयमा अन्तर्कृया गरेको थियो।
राजनीतिक अभियानमा महिलाहरुको उल्लेख्य सहभागिता हुनुपर्नेमा जोड दिदै ५० भन्दा बढी महिलाहरुलाई राजनीतिक प्रशिक्षण दिदै गरेको अधिकारकर्मी प्रकृती बस्नेतले जानकारी गराउदै जम्मा जनसंख्याको ५२% महिलाहरु रहेको भएतापनी पितृ सत्तात्मक राज्य ब्यबस्थाले कहिल्यै महिलाहरुलाई माथिल्लो निती निर्माण तहमा जान नदिएकोमा दु:ख व्यक्त गरेकी थिइन्।
विदेशमा महिलाहरुको मुद्दालाई प्राथमिकतामा राखेर राजनिती गर्ने गरेको तर नेपालमा महिलाहरुको आवाज समेत सुनिदैन भन्दै राजनीतिक पार्टीमा महिलाहरुको दरिलो सहभागिता भएन भने महिलाहरुका मुद्दाहरु ओझेलमा पर्ने निश्चित रहेको अतिथी बस्नेतले उल्लेख गरिन्।
परम्परा देखिनै पुरुषहरुले बनाएको सम्रचनामा महिलाहरुलाई स्वभाबिक रुपमानै ओझेलमा पारेर हरेक क्षेत्रमा बनाइएका नियमहरुले राजनीतिमा महिला सहभागिता कम रहेको अतिथी नेतृ दर्शनाले धारणा राखेकी थिइन्।
राजनीतिक क्षेत्रमा ३३% महिलाहरुको सहभागिता अनिवार्य रहनुपर्ने संविधानमा उल्लेख भएकालेनै अहिले महिलाहरुको सहभागिता केही हेर्न लायकको अवस्था देखिएको आसय नेतृ दर्शनाको थियो।
कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष केजिन राईले र संचालन कार्यबाहक महासचिव द्रोण रिजाल लगायत कार्यसमिती सदस्यहरु सरला कट्टेल, रबिचन्द्र भट्टराई, राजकुमार थापा, इन्दिरा चाम्लिङ, शेर बहादुर परियार लगायतका पत्रकारहरुले गरेका थिए।
कार्यक्रममा नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल, महासचिव सरिता शर्मा र बेलायतका सुनिलको समेत सहभागिता थियो।