२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ गुल्मी आँपचौर भलिबल क्लबले नगरपालिका वडा स्तरीय भलिबल खेलको आयोजना गर्ने

गुल्मी आँपचौर भलिबल क्लबले नगरपालिका वडा स्तरीय भलिबल खेलको आयोजना गर्ने

गुल्मी जिल्लाको चर्चित भलिबल क्लब आँपचौर भलिबल क्लबले फागु पर्वको अवसरमा नगरपालिका वडा स्तरिय भलिबल खेलको आयोजना गर्ने भएको छ।

मुसिकोट नगरपालिका वाड नम्बर ५ मा रहेको उक्त क्लबले चैत १३,१४ र १५ गरि ३ दिन सम्म भलिबल खेलको आयोजना गर्न लागेको हो। यस अघि रास्ट्रिय तथा जिल्ला स्तरीय खुलकुद प्रतियोगितामा भाग लिएको क्लबले उत्कृष्ट प्रदर्शन गर्दै यथेष्ट अनुभव समेत बटुलेको छ।

स्वास्थका लागि खेलकुद ,रास्ट्रका लागि खेलकुद ,स्थानीय स्तरका खेलाडीको पहिचान,रास्ट्रिय स्तरमा खेलाडीको प्रोत्साहन भन्ने मुल नाराका साथ भलिबल खेलको आयोजना गर्न लागेको उक्त क्लबले जनाएको छ।यस्ता खालका प्रतियोगिताले खेलाडीको मनोबल बढ्ने र खेलको स्तरीयतामा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

खेलका लागि विभिन्न समुहबाट दरखास्त आइरहेको उक्त क्लबका वरिष्ठ उपाध्यक्ष सन्दीप जिसिले जानकारी दिए। खेल भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण किसिमको तयारी भैरहेको उपाध्यक्ष जिसिले नमूना नेपाललाई बताए।

क्लबले बिजयी हुने क्लब तथा खेलाडीहरुलाई विभिन्न रासिको पुरस्कार दिने घोषणा गरेको छ।पुरस्कार रासिको विवरण र सौजन्यकर्ताको नाम यस प्रकार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु