गृहपृष्ठ होली विशेष मुक्तकहरु
होली विशेष मुक्तकहरु

लौ आयो साथि रङ हरु को पर्ब होलि
खेलौ रमाउ मिलेर खाइ भाङ को गोलि
रिस राग सब छाडि सदभाब बढाउ
न दुखाउ मन कसैको बोलेर तितो बोलि।।
लेखक: सुरेश बैद्य
उमंगले रंगीनु पर्छ दिन आज भन्दा भोलिको
मरेर के नै लानु छ र मिठास चखाउॅ बोलीको
मित्रताको फागु खेल्दै आपसमा खुसी साट्दै
सबैलाई शुभ कामना आउॅदै गरेको होलीको
लेखक:प्रभादेबी पौडेल
सुख शान्ती बनोस् अब यसपालिको होली
कस्लाई मीठो नहोला र शुभेच्छाको बोली
सातै रङ्को अविर छ्यापी मनै रंगाई दिन
हामी पनि खेलौं रमाई मनको ढोका खोली।
लेखक:कमल सापकोटा
होलीको रङ्गले मनको मैलो धुन सकौँ
भगाई ईष्या पूर्णिमाको जून हुन सकौँ
एकता र भाइचारा मौलाओस् चारैतिर
विश्वास र आत्मबलले लक्ष्य छुन सकौ।
लेखक:निरु गौतम
रंगीन बनाऔं जीवन रंगै रंगको होली
ईष्टमित्र साथी मिली खेलौं हृदय खोली
सप्तरंगमा थपेर मायाको रंग मनाऔं फागु
कसलाई के थाहा जीवन आज हो कि भोली !
लेखक:नानु राना थापा
जीवन सधैँ रङ्गीन बनाई बाँच्न सक्नु पर्छ
दुख पिडा सबै हटाई हाँस्न सक्नु पर्छ
सकारात्मक सोच्ने गरौं खुशी आफैँ मिल्छ
नकारात्मक दाग सबै माँस्न सक्नु पर्छ।
लेखक:शान्ति अर्याल अधिकारी
बहार बोकी उमंगको आयो रंग होली
होशियार फूलहरू –छाडा भमर टोली
हृदयमा शान्ति शान्ति भए आनन्द हो
नजिक भए ढाका टोपी फूल बुट्टे चोली !!
लेखक:धनराज गिरी, चितवन
होलिकाको दहन् बाट सुरु भएको होली पर्व।
वसन्तको आगमनको उद्घोष गर्ने होली पर्व।
प्रत्येक वर्ष फागुन पुर्णिममा हर्षोल्लास छर्ने,
सप्तरङ्गी रङ्गहरुको बहार हो होली पर्व।
लेखक:लक्ष्मी निरौला ,झापा