२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ के तपाईले NRNA लाई विश्वास गर्नुहुन्छ त ?

के तपाईले NRNA लाई विश्वास गर्नुहुन्छ त ?

गैह्रआवासीय नेपाली संघ ( NRNA), विश्वभरि छरिएररहेका सम्पूर्ण आप्रवासी नेपालिहरुकाे साझा संस्था हाे। नेपालीहरु रहेका प्रायःजसो देशहरुमा NRNA सक्रिय छ।

प्रदेशमा रहेका नेपालीहरुकाे दुख-सुखमा साथ दिने र अधिकार प्राप्तिकाे लागि सम्बन्धित निकायहरुमा आवश्यक दवाव सृजना गर्ने र कर्तव्यबोध गर्दै अधिकार उपभाेगकाे लागि समक्ष बन्न एनआरएनएले पहल गर्नुपर्ने हाे।

याे संस्थाले प्रदेेेशमा रहेका प्रत्येक नेपाली नागरिकहरुकाे अभिभावककाे भुमिका निर्वाह गर्दै आपसी सहयाेग , सद्भाव , सादाचार र भाइचारा निर्माण गर्दै समस्त आप्रवासी नेपालिहरुलाई गाेलबन्ध गर्दै अगाडि बढ्नुपर्ने हाे।

प्रदेशमा रहेकाे कुनैपनि नेपाली एक्लो छैन , त्यसकाे दुख-सुखमा साथ दिन , आवश्यक सहयोग , सल्लाह र सुझाव दिन हरदम NRNA तयार छ भन्ने सन्देश प्रवाह गर्दै , समस्त आप्रवासी नेपालिकाे प्रिय संस्था बन्नुपर्ने थियाे।

सायद यी र यस्तै उद्देश्य प्राप्ति गर्ने र समस्त आप्रवासी नेपालीहरुकाे सुखदुखकाे सारथी बनाउने अभिप्रायका साथ स्थापना गरिएकाे थियाे हाेला , गैह्रआवासीय नेपाली संघ (NRNA)। अहिले फेरि नया नेतृत्व छनाेटकाे लागि NRNA काे माहाेल तातिरहेकाे छ।

याे अवस्थामा प्रत्येक देशमा रहेका आप्रवासी नेपालीहरु निकै हाैसलाका साथ याे महान कार्यमा सहभागी हुनुपर्ने हो।तर जताततै नैराश्यता छ। अधिकांश आप्रवासी नेपालीहरु यसकाे सदस्यता लिने र नविकरण गर्न तर्फ उत्साहित छैनन। NRNA सदस्यता लिनेहरुकाे संख्या निकै कम रहेकाे पाईन्छ।

NRNA भन्ने सुन्दा बित्तिकै आत्मविश्वास बढ्नुकाे सट्टा घृणा लाग्छ भन्ने आप्रवासी नेपालीहरुकाे संख्या उल्लेख छ। NRNA काे बारेमा कुरा गर्याे कि , ह्या भन्दै नाक खुम्च्याउने काे संख्या र यस संस्थाकाे नाम सुन्ने बित्तिकै आक्राेसित हुनेहरुकाे संख्या निकै उच्च पाईन्छ।

अधिकांश देशमा रहेका NRNA निकै विवादित छन। मुख्यतया भ्रष्टाचारकाे गम्भीर आराेप अधिकांश देशमा रहेकाे NRNA लाई लाग्ने गरेकाे पाइन्छ। साथै NRNA पदाधिकारीहरुलेनै आप्रवासी नेपालीहरुलाई ठगि गर्ने , दुख दिने र आर्थिक अनियमितता गर्ने कार्यमा संलग्न रहने गरेकाे लेनै NRNA प्रतिकाे विश्वास स्वयम गुम्दै गएकाे छ। सो कारण पनि संस्था , संस्थाका पदाधिकारीहरु प्रति आम आप्रवासी नेपालीहरुकाे आक्राेस बढ्दै गएकाे हाे।

आप्रवासी नेपालीहरुकाे हकहितका लागि कुनै पहल नगर्ने , पदाधिकारीहरु नै अनैतिक क्रियाकलापमा सहभागी हुने , आर्थिक अनियमितता गर्ने , सबैकाे सहभागीकाे आधारमा नभई गुन्डागर्दीकाे शैलीमा संस्था चलाउन खाेज्ने लगायतका आराेपहरु लगभग सबैजसाे देशमा रहेकाे NRNA लाइ लाग्ने मुख्य र साझा आराेपनै हाे।

काम केही नगर्ने तर पद र प्रतिष्ठा प्राप्त गर्न मरिहत्ते गर्नेहरुकाेनै NRNA मा हावी भएकाले याे संस्थाप्रतिकाे वितृष्णा बढ्दै जानुकाे मुख्य कारण हाे। आम श्रमिक वर्ग भन्दा पनि नेपाल हुँदै देखिका राजनीतिक शासक वर्गहरुका मानिसहरुकाे आसपासमै याे संस्था घुमिरहेकाले गर्दा यसले आम श्रमिक वर्गलाई सम्बाेधन गर्न सकेन र याे आम श्रमिक वर्गकाे पहुँच बाहिरकाे संस्थाकाे रुपमा विकसित हुँदै गयाे।

फलस्वरूप आम श्रमिक वर्गका आप्रवासी नेपालिहरुलाई NRNA ले नचिन्ने र आम श्रमिक वर्गका आप्रवासी नेपालीहरुले यसलाई विश्वास गर्न नसक्ने परिस्थिति काे सृजना भयाे। NRNA संस्था आफैमा गलत हाेईन , यसका आफ्नै बिशिस्ट उद्देश्यहरु छन।

यसका आफ्नै प्रगतिशील मान्यताहरु छन। तर गलत मान्छेहरुकाे हालीमुहाली रहेकाे कारण याे संस्थाका बिशिस्ट उद्देश्यहरु ओझेलमा पारियाे र कमाइ खाने , धम्क्याएर खाने र ठगी गरेर खाने भाडाेकाे रुपमा NRNA लाई बिकास गर्दै अगाडि बढाइयाे।

फलस्वरूप सबै भन्दा धेरै आप्रवासी नेपालिहरुले अविस्वास गर्ने संस्थाकाे रुपमा याे अगाडि आयाे। यसकाे अर्थ के NRNA मा सबै त्यस्ताे खराब नियत भएका मान्छेहरु मात्र छन त ? कुरा त्यसाे नै हाेईन तर अधिकांश मान्छेहरु त्यस्तै प्रवृत्ति छन र तिनिहरुकै निर्देशनमा संस्था अगाडि बढ्छ याे चाहिँ सत्य नै हाे।

यस संस्थाकाे गिर्दै गइरहेकाे साख बचाउने हाे भने र सम्पूर्ण आप्रवासी नेपालीहरुकाे आशा , भराेसाकाे केन्द्र र सबैकाे प्रिय संस्थाकाे रुपमा अगाडि बढाउने हाे भने सबै भन्दा पहिले यसलाई राजनीतिक अभ्यास गर्ने थलाे बाट बाहिर निकाल्नु पर्दछ। हामि गलत राजनीतिक सस्कारमा हुर्केका नेपालिहरुले यस्ता बिशिस्ट संस्थाहरुमा राजनीतिक अभ्यास गर्न थाल्यौं भने यसले दिने नतिजा पक्कै राम्रो हुदैन।

काङ्ग्रेस , एमाले, माआेबादीकै सदस्य बनेर NRNA कब्जा गर्ने मनाेवृत्ति त्यागेर , राजनीतिक आस्थाको आधारमा हाेईन। एजेन्डा र सक्रियताकाे आधारमा पदाधिकारीहरु छनाेट गर्ने साथै गलत कार्यमा संलग्न पदाधिकारीहरुलाई दण्डित गर्ने परिपाटीकाे बिकास गर्न सक्नुपर्दछ।

नेपालमा जस्तै प्रदेशमा रहेका नेपालीहरु पनि मुख्यतया दुई वर्गका छन। एउटा श्रमिक वर्ग र अर्काे धनी वर्ग ( जसले आफुले आफुलाई शासक वर्ग हाै भन्ने भ्रम पालिरहेका छन ) यिनिहरुकाे बिचकाे खाडल पुरेर NRNA मा श्रमिक वर्गकाे प्रतिनिधित्व गराउनु अत्यन्त महत्त्वपूर्ण र आवश्यक छ। अहिले रहेकाे NRNA ले श्रमिक वर्गलाई चिन्दैन। जुन वर्गमा रहेका आप्रवासी नेपालीहरुले विभिन्न समस्याहरु दैनिकजसाे भाेगिरहेका हुन्छन्।

त्यहि वर्गलाई चिन्न नसक्ने र साेहि वर्गका मानिसहरुकाे उपस्थिति अत्यन्त न्युन हुनु पनि NRNA प्रतिकाे विश्वास गुम्दै जानुकाे अर्काे महत्त्वपूर्ण कारक हाे।

मैले चिनेजानेका विश्वका अधिकांश मुलुकमा रहेका आप्रवासी नेपालिहरु लाई यहि प्रश्न साेधेकाे थिए , के तपाईले NRNA लाई विश्वास गर्नुहुन्छ ? यसकाे प्रतिउत्तरमा लगभग सबैजना यसलाई विश्वास गर्न नसकिने भन्दै विभिन्न दृष्टान्तहरु सुनाईरहनु भएकाे थियाे।

सबैजसाे देशमा रहेका आप्रवासी नेपालीहरुले यस संस्था प्रति आक्राेष पाेख्दै याे त हुनेखानेहरुकाे राजनीति गर्ने र त्यसैबाट फाइदा लुट्नेहरुकाे अखडा हाे भन्ने आशयकाे उत्तर पाए।

लगभग सबै जसाे NRNA पदाधिकारीहरु प्रति चरम असन्तुष्टि रहेकाे पाए। केहिले यसलाई सुधार्दै आम आप्रवासी नेपालीहरुकाे प्रिय संस्थाकाे रुपमा बिकास गर्न सकिने आशय ब्यक्त गरे भने अधिकांशहरुले यस संस्थालाई गलत मान्छेहरुले ध्वजाध्वजा पारेकाे ले यसले नवजीवन पाउनेमा शंका ब्यक्त गरे।

NRNA हामी सबै आप्रवासी नेपालीहरुकाे साझा संस्था हाे। केही गलत नियत भएका मानिसहरुकाे कारण यसकाे साख घट्दै गईरहेकाे छ । यी र यस्ता गलत नियत भएका मानिसहरुकाे चङ्गुलबाट यसलाई छुटाएर हामी सबै आप्रवासी नेपालिहरुकाे सारथि बनाउनु हामि सबैकाे साझा कर्तव्य तथा दायित्व हाे ।

त्यसैले आजै देखि गलत प्रबृत्तिहरुलाई निरुत्साहित गर्दै राम्रो NRNA हाम्रो NRNA बनाउन लागि पराै। राजनीति आग्रहपुर्वाग्रह बाट माथी उठाै र सभ्य सुसस्कृत इमानदार कर्तव्यनिष्ठ नेपाली काे रुपमा बिश्व भरि नै आफ्नाे पहिचान बनाउन लागि पराै।
जय देश जय नेपाल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु