गृहपृष्ठ मलेसियामा एक श्रमिकको फेरि निधन , क्षतिपुर्ति उपलब्ध गराउन सिडब्लुएसको माग
मलेसियामा एक श्रमिकको फेरि निधन , क्षतिपुर्ति उपलब्ध गराउन सिडब्लुएसको माग

प्रवासी देश मलेसियामा फेरि एक श्रमिकको निधन भएको छ । स्थायि घर धनुषा जिल्लाको साबिक गाबिस सिनुरजोडा वडा न. ८ का २३ बर्षिय प्रताप रबिदास चमारको निधन भएको हो ।
मलेसियाको जिन मास्टर मेनुफ्यक्चरीगं कम्पनीमा विगत २०१८ साल देखि लेबरमा कार्यरत चमारको निधन भएको चमार कल्याण समाज मलेसिया शाखाले जानकारी दिएको छ । मृतक चमार गत २३ जनवरी २०२२का दिन बाहिर घुमफिर गरि रुपमा आएपछि अचानक पुल्मोनरी ईडेमाको कारणले मृत्यु भएको मलेसिया प्रहारीलाई उदृत गर्दै समाजका निति अनुसन्धान विभाग प्रमुख रामबाबु चमारले जानकारी दिनुभयो ।
उहाले मृतक चमारको शव फरवरी १२ तारिख २०२२ शनिवारका दिन नेपाल पठाईएको र उहाको सम्पुर्ण कागजी प्रक्रियाहरु आफुहरुले नेपाली दुतावासको समन्वयमा पुरा गरि नेपाल सरकारसगं क्षतिपुर्तिका लागि अपिल समेत गरेको जानकारी दिनु भयो ।
प्रवासी देश मलेसियामा कुनै पनि श्रमिकहरुको अकालमा मृत्यु नहोस भनी चमार कल्याण समाज मलेसिया शाखाले समय समयमा विभिन्न चेतना मुलक कार्यहरु गर्दै सारा चमार जातिहरुलाई एकिकृत गर्दै दुख , सुखमा साथ दिईरहेको समाजका महासचिव रामकिसोर मोचीले जानकारी दिए । महासचिव मोचीका अनुसार नेपालका म्यनपावरहरुले विदेशमा कामदार पठाउदा दक्ष बनाएर पठाए यसरी नेपाली युवाहरु अकालमा मृत्युको सामना गर्नु नपर्ने भन्दै नेपाल सरकारले श्रमिकहरुका लागि पेन्सन पट्टाको ब्यवस्था गराउन माग गर्नु भयो ।