२०७७ फागुन १३ गते बिहीवार | February 25, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नियुक्तीको विरोधमा चमार कल्याण समाज

भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नियुक्तीको विरोधमा चमार कल्याण समाज

नेपाल सरकारले सोमवार प्रकासित गरेको भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारणको नियुक्ती प्रति चमार कल्याण समाजले कडा अपत्ति जनाएको छ ।

चमार समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले आज मंगलवार एक प्रेस विज्ञाप्ती जारी गर्दै नेपाल सरकारले उक्त नियुक्ति नसच्चाए कडा रुपमा प्रतिबाद गर्ने बताएका छन । उहाले आफनो प्रेस विज्ञाप्तीमा नेपाल सरकारको भुमि ब्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमवार प्रकासन गरेको देशभरको ७७ वटै जिल्लाको नियुक्ती प्रति हाम्रो गौरवमय संगठन चमार कल्याण समाज नेपालको गम्भिर ध्यानाकार्षण भएको उल्लेख गनुभएको छ ।

चमार कल्याण समाज नेपालको प्रेस विज्ञप्ती

नेपाल सरकारले गरिबी निवारण गर्ने उद्देश्यका साथ नेपाल सरकारको राजपत्रमा प्रकासित नामावली हेर्दा हामी उत्पीडित, भुमिहिन , सुकुम्बासी ,दलित चमार , डोम , मुसहर , दुषाद लगाएत मधेशी , मुस्लिम ,थारु, दलितहरुको प्रतिनिधित्व शुन्य रहेको हुदा यसको हामी कडा शब्दमा निन्दा गर्दछौ ।

नेपाली राज्य सत्ताले गरिबी निवारण गर्ने नाममा भु माफियाहरुको नियुक्त गरेर सारा तराई मधेशका जग्गाहरु कब्जा गर्ने सडयन्त्र गरेको हुदा यो नेपाल सरकारले सो नियुक्त तत्काल फिर्ता लिन आग्रह गर्दछौ । नेपाल सरकारको प्रधानमन्त्रि श्री केपी ओली लगाएतका केही सिमित नेताहरुले हामी नेपालकै सबै भन्दा पछाडि पारिएको मधेशी दलित समुदायहरुलाई नेपाल सरकारको राष्टिय दलित अयोगलाई पहाडी दलित अयोगमा परिणत समेत गरिसकेको यहा सबैलाई अवगत नै होला ।

अहिलेको नेपाल सरकार हामी चमार , डोम , मुसहर लगाएत मधेशी दलितहरुलाई पाचौ दर्जाको नागरिक बनाएर गुलाम बनाउन खोजेको , कहिले हाम्रा चमार , डामे ,मुसहर जातिबाट उच्च शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई दुख दिने , स्वर्गीय विजय रामचमारको हत्याराहरुलाई पक्राउ नगरेको , वास्तविक हामी भुमिहिनहरुलाई जग्गा नदिएर आत्म हत्या गर्न बाध्य बनाउन खोजेकोले हाम्रो संगठन यस्ता कार्य तत्काल बन्द गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।

साथै भुमि ब्यवस्थाको नियुक्ती तत्काल नसच्चाए नेपालका सारा उत्पीडित चमार , डोम , मुसहर , लगाएत मधेशी दलित , जनजाति , थारु , मुस्लिमहरु आन्दोलन गर्न बाध्य हुने कुरा ध्यानाकर्षण गराउन चाहन्छौ ।

यता सिरहा जिल्लामा फेरि एक चमार समुदायकी युवतीलाई बलत्कार भएको घटना प्रति ध्यानाकर्षण हुदै बलत्कारीलाई कानुनी कारवाहीका लागि सम्बन्धित निकायलाइ आग्रह लगाएत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु