२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ सारा चमारहरु न्याय पाउनका लागि एकिकृत हुनुपर्ने :- सिडब्लुएस आईसिसि संयोजक चमार

सारा चमारहरु न्याय पाउनका लागि एकिकृत हुनुपर्ने :- सिडब्लुएस आईसिसि संयोजक चमार

नेपालमा सबै भन्दा उत्पीडनमा रहेका समुदायहरु एकिकृत भएर न्यायका लागि लडनुपर्ने चमार कल्याण समाज अन्तरराष्टिय कमिटिका संयोजक अमिरी मोची चमारले बताउनु भएको छ । उहाले हिजो सिरहा जिल्लाको सखुवा नानकट्टी गाउपालिकामा भएको चमार भेलामा नेपाल भरी रहेका चमार जातिहरु एकिकृत हुदै अन्य उत्पीडितहरुलाई समेत सहयोग गर्दै संघर्षको गर्न तयारी गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

हाम्रो समाजकी महिला आफनो धारणा राख्नु हुदै

दिनहु चमार जातिहरु माथि हत्या , हिसां , छुवाछुतको घटना बढिरहेको र राज्यले न्याय दिन नसकेको भन्दै सारा चमार जातिहरु एकिकृत हुनुपर्ने आईसिसि संयोजक चमारले बताए । समाजका बरिष्ठ सल्लाहकार सेवल चमारले न्यायका लागि चमार कल्याण समाज सदैव एक कदम अगाडी बढिरहेको र न्याय पाउनका लागि सबै चमार जातिहरु एक हुनुपर्ने बताउनु भएको थियो ।

स्थानिय अमिरीका देबी चमारको अध्यक्षतामा भएको कार्यक्रमले समाजको गाउपालिका स्तरीय अमिरीका देबी माचेी चमारको अध्यक्षतामा समिती समेत विस्तार गरिएको छ । जसको उपाध्यक्षमा शैलेन्द्र चमार ,सचिवमा सन्तोष चमार , कोषाध्यक्षमा पलस देबी चमार रहनु भएको छ भने सदस्यहरुमा उमेश राम , धिरज राम , सिकिंद्र राम , चन्देस्वरी देवी राम ,जोगिन्द्र देव राम , गौरी शंकर राम ,लिल्ला देवी राम , सीता देवी रामलाई सर्बसम्मत रुपमा चयन गरिएको छ ।

चमार कल्याण समाज नेपाल सिरहा जिल्ला कमिटिले प्रत्येक गाउ गाऊमा चमार जातिहरुलाई जनचेतना जगाउदै चमार जातिका लागि काम गर्न एकिकृत अभियान थालिएको केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा चमारले जानकारी दिनुभयो ।

चमार कल्याण समाज आईसिसिका सबै सदस्यहरुले अब आ आफनो गाउ गाउमा आफनो परिवारलाई समेत समाजसगं जोडनका लागि लागि परेको मलेसिया शाखाका संयोजक नन्दलाल राम चमार ले जानकारी दिनुभयो । सखुवा नानकट्टीमा भएको भेलामा चमार जातिका विभिन्न अगुवा एवमं समाजसेबी , सबै गाउलेहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु