२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ नेपाली चमारहरु एकिकृत हुनपर्ने :- सिडब्लुएस नेपालका केन्द्रिय अध्यक्ष चमारको अहवान

नेपाली चमारहरु एकिकृत हुनपर्ने :- सिडब्लुएस नेपालका केन्द्रिय अध्यक्ष चमारको अहवान

नेपालमा सबै भन्दा उत्पीडनमा पारिएको चमार समाजहरुलाई एकिकृत हुन चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले अहवान गर्नुभएको छ । नेपाली चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपालको फेसबुक पेजमा भएको प्रत्यक्ष प्रसासण कार्यक्रममा अध्यक्ष चमारले सो अहवान गर्नुभएको हो । उहाले नेपाली राज्य सत्ता एवमं त्यहा सम्मीलित गैरदलितहरुद्धारा चमार माथि अत्याधिक विभेद भैरहेको भन्दै सारा चमार जातिहरु विभेदका विरुद्ध एकजुट भई आवाज बुलन्द गर्न अहवान गर्नुभएको थियो ।

चमार जातिहरु एकिकृत हुनका लागि गाउ स्तरबाटै एक दुई परिवारबाट सुरुवात गरि देशभर एकता कायम गर्दै अगाडी बढनका लागि आफुहरु लागि परेको भन्दै अध्यक्ष चमारले अहिलेको पिढिंले नै नेपालमा विभेदको अन्त्य चाहेको बताउनु भयो । उहाले विभेदका विरुद्ध सारा नेपाली युवाहरु एकमत रहेकोले पिडित बालबालिका, पिडित परिवारहरु पनि मुख खोल्नुपर्ने अवास्था आएको बताए । उहाले भन्न्ुभयो जब सम्म एकता हुदैन तब सम्म गैरदलित , पुरातनबादीहरुले विभेद गरिराख्ने हुनाले अबको युवा पिढिहरु सबै चमार कल्याण समाज नेपालमा आउन अहवान गर्दै आफनै समाजमा रहेको दईजो प्रथा आफुहरु सजिलै अन्त्य गर्न सकिने बताए ।

समाजका अध्यक्षले दईजो अन्त्यका लागि सबै मिलेर आ आफनो छोरीलाई हिराको दर्जा दिएर शिक्षा दिलाउने , बुहारीलाई पनि आफनै छोरी जस्तै माया गर्ने , समाजको नेतृत्वमा अग्रसरता अपनाउनका लागि छोरी चेलीहरुलाई सहभगिता गराउदै जानुपर्ने लगाएतका सुझावहरु दिनुभएको थियो । साथै नेपाली चमार जातिहरुको महिलाहरुको उत्थानका लागि चमार कल्याण समाज नेपालको भातृ संगठनको रुपमा चमार कल्याण महिला समाज गठन गर्न लागिएकोले देशै भरबाट महिलाहरु सो समितिमा सहभागि हुनका लागि उहाले अनुरोध गर्नु भएको छ ।
समाजका केन्द्रिय अध्यक्ष चमारले एक फरक प्रसगंमा नेपालमा दलित समुदायका नाममा लुटने धेरै भएकोले सारा गाउ , देहातमा रहेका हरु सचेत भएरकाम गर्नुपर्नेभएकोले मधेशी दलितहरुको एजेन्टहरुलाई पहिचान गरि बाहिस्कार गर्न अनुरोध समेत गर्नुभएको थियो । उहाले मधेशमा दलित समुदायहरु माथि अत्याचार हुदा केही दलित अगुवाहरु राज्यसगं लाशको मोलमोलाई समेत गरि मुद्धा कमजोर बनाएको समेत अरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु