२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीको संगठन मलेसियामा पनि खुल्यो ..

बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टीको संगठन मलेसियामा पनि खुल्यो ..

मलेसिया , बैज्ञानिक समाजबादीकम्युनिष्ट पार्टीको भातृ संगठन प्रगतिशिल नेपाली समाज मलेसिया शाखा स्थापना भएको छ । शनिवार भर्चुवल कार्यक्रम मार्फत पार्टीका केन्द्रिय संयोजक विश्वभक्त दुलाल आहुतीले जात ब्यवस्था अन्त्य गर्दै सारा नेपालीहरु मुक्ति दिलाउनका लागि सबै नेपालीहरु एक हुनुपर्ने बताउनु भयो ।

उहाले प्रवासमा बस्ने नेपालीहरुको स्वदेशमा आफ र आफनो पार्टी सदैव उच्च कदर गरेको र जात ब्यवस्थालाई तोडनका लागि एक कडीको रुपमा काम गर्न सबैलाई आहुतीले निर्देशन दिनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवमं विदेश विभाग प्रमुख राजेश नेपाली ,नेपाली राजदुतावास मलेसियाका प्रतिनिधि प्रेम बुढा थापा , गैरआवासीय नेपाली सघं मलेसिया शाखाका अध्यक्ष बिनोद थापा , जिफन्टका अध्यक्ष प्रेम लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

भर्चुवल माध्यमद्धारा गरिएको कार्यक्रमबाट सुनिल परियारको अध्यक्षता २७ सदस्यीय मलेसिया प्रवास कमिटि गठन गरिएको सह सचिव राम किसोर मोची चमारले जानकारी दिनुभयो । चमारका अनुसार उपाध्यक्षहरुमा देव ओली , रमेश गुरुगं , कृष्णा सुनार , महासचिवमा विनोद परियार , सचिवमा रामबाबु महरा ,सहसचिवमा रामकिसोर मोची चमार , कोषाध्यक्षमा सुमन विके र प्रवक्तामा क्षितिज लामिक्षनेलाई चयन गरिएको बताए । भने सदस्यहरुमा केश बहादुर शार्की , सुबास विक , दिपेन्द्र परियार लगाएत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु